

एआईजीहरुको सरुवा, सहकुल थापा कार्यविभागमा

काठमाडौं – सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरुको सरुवा गरेको हो ।
निर्णयअनुसार एआईजी हरि पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मै यथावत रहेका छन् भने एआईजी विश्वराज पोखरेल मानव स्रोत एवं प्रशासन विभागमा सरुवा भएका छन् ।
यसअघि पोखरेल अपराध अनुसन्धान विभागमा थिए । उनको ठाउँमा एआईजी प्रद्युम्न कार्कीलाई पठाइएको छ भने कार्कीको ठाउँ (प्रहरी एकेडेमी)मा निरज शाहीको सरुवा भएको छ ।
त्यस्तै भर्खरै एआईजीमा बढुवा भएका सहकुल थापालाई कार्य विभाग प्रमुखका रुपमा पदस्थापन गरिएको छ । यसअघि केपी ओली सरकारले गरेको सरुवालाई वर्तमान सरकारले कार्यान्वयन गरेको थिए ।

