सुगमले ल्याए श्रद्धेय नारायणगोपाल


काठमाडौं गायक सुगम पोखरेलले स्वरसम्राट नारायण गोपालको सम्झनामा श्रद्धेय नारायणगोपालबोलको गीत सार्वजनिक गरेका छन् । पछिल्लो समय केहि फरक किसिमका गीत संगीत सार्वजनिक गरिरहेका सुगमले नेपाली संगीतका श्रष्टामाथि पहिलो पल्ट गीत तयार पारेका छन् । संगीतमै आबद्द भएको नाताले पनि आफु भन्दा अग्रज गायक तथा संगीतकारहरु प्रति समर्पित भएर गीत बनाउन पाएकोमा सुगमले खुशी ब्यक्त गरेका छन् ।

गीतमा शब्द संगीत सुगम आफैले दिएका छन् भने संगीत संयोजन मनोजकुमार केसीको रहेको छ । मन्दिप बखुंचे र मिलन तामाङले खिचेको गीतको भिडियोमा मनोज सापकोटाको सम्पादन र सुगम तथा मनोजको निर्देशन छ ।

नजिकिदै गरेको स्वरसम्राट नारायण गोपालको ३० औं स्मृति दिवसको अवसर पारेर उनले गीतको भिडियोसँगै स्वरसम्राट नारायण गोपालको छोटो चिनारी भिडियो पनि राखेका छन् । गीतलाई सुगमको आफ्नै युटुब मार्फत सार्बजनिक गरेका छन्।

प्रतिक्रिया