

काेराेना विरूद्धको फाइजर खोप लगाएपछि न्यूजील्यान्डमा एक महिलाको मृत्युु

एजेन्सी – फाइजर र मोडेर्नाको खोप लगाउँदा मुटुको सुजन हुनु एकदमै दुर्लभ मानिन्छ ।
न्यूजील्यान्डमा फाइजरको कोभिड खोप लिएपछि एक महिलाको मृत्यु भएको विवरण आएको छ। उक्त घटनालाई फाइजर कोभिड खोपसँग सम्बन्धित पहिलो मृत्यु मानिएको छ।
एउटा स्वतन्त्र खोप सुरक्षा अनुगमन समूहले सम्भवतः फाइजर खोपका ‘मायोकार्डाइटिस’ अर्थात् मुटुको मांसपेशीको सुजन भएर ती महिलाको मृत्यु भएको हुनसक्छ। त्यस्तो अवस्थालाई दुर्लभ दुष्प्रभावका मानिन्छ।
तर उक्त समूहले ती महिलामा ‘पहिलेदेखि विद्यमान स्वास्थ्य समस्याहरूले खोप लिएपछिको अवस्थामा असर पारेको हुनसक्ने’ जनाएको छ।
मृत्युको आधिकारिक कारण भने अहिलेसम्म निर्क्योल गरिएको छैन।
तर कोभिड(१९ भ्याक्सीन इन्डिपेन्डन्ट सेफ्टी मनिटरिङ बोर्डले मुटुमा उत्पन्न समस्या ूखोपका कारण उत्पन्न भएको हुनसक्नेू बताएको छ।
ूखोप लगाएको केही दिनमा मृत्यु भएको यो घटना न्यूजील्यान्डमा फाइजरको कोभिड(१९ खोपसँग सम्बन्धित पहिलो मृत्युको घटना हो। खोप लगाएको केही दिनभित्र मृत्यु भएका अरू केही घटनाबारे हामीलाई विवरण प्राप्त भए पनि अन्य घटना खोपसँग सम्बन्धित भएको मानिएको थिएन,ू बोर्डले एउटा विज्ञप्तिमा भनेको छ।
ती महिलाको मृत्युबारे अध्ययन भइरहेको छ । शव परीक्षणबाट मृत्युको कारण निर्क्योल हुन बाँकी छ।
महिलाको उमेर तथा अन्य विवरण सार्वजनिक गरिएको छैन।
ुदुर्लभ दुष्प्रभावु
युरोपेली नियामक निकायले मुटुको सुजनलाई फाइजर र मोडेर्नाका कोभिड खोपको दुर्लभ ूसाइड इफेक्टू अर्थात् दुष्प्रभाव मानेको छ।
युरोपियन मेडिसिन्स एजेन्सीका अनुसार त्यस्तो दुष्प्रभाव कम उमेरका पुरुषमा देखिएको छ।
तर एजेन्सीले खोपको फाइदा यसको कुनै पनि जोखिमभन्दा धेरै भएको र त्यसले मानिसहरूलाई कोभिड(१९ का कारण गम्भीर बिरामी हुनबाट रोक्ने बताउँछ।
सोमवार न्यूजील्यान्डका अधिकारीहरूले देशमा खोप प्रयोग कायम राख्ने कुरामा आफूहरू विश्वस्त भएको बताएका छन्।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार न्यूजील्यान्डमा अहिलेसम्म ३,४६५ जनामा सङ्क्रमण भएको छ भने २६ जनाको मृत्यु भएको छ।
सुरुमा कोरोना भाइरस रोक्न सफल भएकोमा प्रशंसा पाएको न्यूजील्यान्डले खोप कार्यक्रममा ढिलाइ गरेकोमा आलोचना भएको थियो। हालैका दिनमा भने त्यहाँ खोप कार्यक्रमलाई तीव्र पारिएको छ।
डेल्टा भेरिअन्टका कारण अहिले न्यूजिल्यान्डमा सङ्क्रमण बढेको र त्यहाँको धेरै भागमा लकडाउन गरिएको छ।
अहिले ५० लाख जनसङ्ख्या भएको त्यहाँ ५६० जना सक्रिय सङ्क्रमित छन्। बीबीसी ।

