

तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं – काठमाडौंको तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
रा १ ख २६२२ नम्बरको टिपरले प्र३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा काभ्रेको पनौती नगरपालिका–११ का सुकराम तामाङको मृत्यु भएको छ भने बेथानचोक गाउँपालिका–६ का रमेश तामाङ गम्भीर घाइते भएका छन् ।
टिपरले आज बिहान साढे ४ बजे तीनकुनेको गैरीगाउँस्थित पेट्रोल पम्प अगाडिको सडकमा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट सुकराम र रमेश घाइते भएका थिए । उनीहरुलाई उद्धार गरी ट्रमा सेन्टरमा पुर्याइएको थियो ।
उपचारकै क्रममा सुकरामको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ । ठक्कर दिने टिपरका चालक फरार रहेका छन् । टिपरको मालिक भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

