स्पेनिस ला लिगाः गेटाफे २-१ ले हराउँदै बार्सिलाेना विजयी


काठमाडाैं – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले दाेस्राे जित हात पारेकाे छ । गएराति भएको खेलमा गेटाफेलाई २ –१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना विजयी भएकाे हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जिताउन सेर्जी रोबर्टो र मेम्फिस डिपेले एक/एक गोल गरे । गेटाफेका सान्ड्रो रामिरेजले एक गोल फर्काए । जितसँगै बार्सिलोनाले तीन खेलमा ७ अङ्क जोडेको छ। बार्सिलोना चौथो स्थानमा रहेको छ।

गेटाफेको यो लगातार तेस्रो हार हो । गेटाफेले अङ्क जोड्न सकेको छैन । यस्तै, गएराति नै भएकाे अर्काे खेलमा रायो भालेकानोले सानदार जित निकालेको छ । उसले ग्रानडालाई ४-० गोल अन्तरले पराजित गरेकाे हाे।

यस्तै, अर्को खेलमा एथ्लेटिको मड्रिडले भिल्लारियलसँग २-२ गोलको बराबरी खेलेको छ भने ओसासुनाले कार्डिजलाई ३- २ गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया