उपप्रधानमन्त्री सिंह र भारतीय नेता जोलीबीच भेटवार्ता


काठमाडौं — उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतीय जनता पार्टीका नेता एवं पूर्वविदेश विभाग प्रमुख विजय जोलीबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणका क्रममा रहेका जोलीले सिंहसँग भेट गर्नका लागि सिंह निवास चाक्सीबारी पुगेका थिए ।

भेटमा नेपाल भारत सम्बन्ध थप सुदृढ गर्ने र द्विपक्षीय हितका विषयमा सकारात्मक छलफल भएको छ ।

प्रतिक्रिया