निजामती अस्पतालमा सन्ध्याकालीन सेवा सुरु


काठमाडाैं- निजामती कर्मचारी अस्पतालले आइतबारदेखि चार घण्टे सन्ध्याकालीन सेवा सुरु गर्ने निर्णय गरेको छ। यस सेवा अन्तर्गत कार्यालय समयपछि पनि सेवाग्राहीहरूले आवश्यक सबै उपचार र परामर्श लिन सक्नेछन्।

यस नयाँ व्यवस्था संघीय सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा बसेको निजामती अस्पताल विकास समितिको वैशाख २२ गते बसेको बैठकले अनुमोदन गरेको हो।

अस्पतालका मेडिकल विभाग प्रमुख डा. विदेश विष्टका अनुसार, सरकारी तथा निजामती कर्मचारीले सहुलियत शुल्कमै सेवा पाउँनेछन् भने सर्वसाधारणले थोरै अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था मिलाइएको छ।

यो सेवा बिस्तारले अस्पतालमा भएका विविध गुनासो र मागलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरिएको छ। भविष्यमा आवश्यकता र मागअनुसार सेवा समय थप गर्ने सम्भावनासमेत खोलिएको छ।

प्रतिक्रिया