

अभिनेत्री र मोडलसँग रात काट्न ६ लाख ४० हजार, यसरी गर्थिन् इशाले हाइप्रोफाइल डिल

काठमाडौं– विभिन्न टेलिभिजन सिरियलका अभिनेत्री र मोडलसँग एक रात सँगै काटेको ६ लाख ४० हजार (चार लाख भारु) मा डिल गरेको पाएपछि प्रहरीले ३२ बर्षिया इशा खानलाई नियन्त्रणमा लिएको छ।
भारतको महाराष्ट्रस्थित जुहु भन्ने ठाउँमा रहेको तीन तारे होटलबाट ति मोडल समेत रहेकी इशालाई ‘मुम्बई क्राइम ब्रान्च’ले नियन्त्रणमा लिएर हाइप्रोफाइल वेश्यावृत्तिको लहरो तानेको छ।
क्राइम ब्रान्चका अधिकारीहरु आफैं ग्राहक बनेर पुगेका थिए जहाँ इशाले एक रात काटेको चार लाख रुपैंया दिनुपर्ने सर्तमा मोडल र अभिनेत्री मिलाउने भनेकी थिइन्।
भारतीय मिडिया ‘दी फ्रि प्रेस जर्नल’का अनुसार इशालाई पक्राउ गरेको प्रहरीले केही टिभी अभिनेत्री र मोडलहरुको उद्दार गरेको छ। इशाले ग्राहक बनेर गएका प्रहरीहरुलाई एक थ्री स्टारमा होटेलमा बोलाएकी थिइन्।
भारतीय फिल्म उद्योगमा रहेको ‘सेक्स र्याकेड’माथि प्रहरीले निगरानी राख्दै आएको छ। यसअघि पनि दक्षिण भारतीय अभिनेत्रीसहितको एउटा ठूलो हाइप्रोफाइल बेश्यावृत्तिको लहरो भण्डाफोर गरिएको थियो।

