घट्ना बढे तर मिसन संचालन गर्न बजेट अभाव छः प्रहरी


काठमाडौं – नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी)दान बहादुर कार्कीले गत वर्षको तुलनामा यो वर्ष विभिन्न किसिमका घटनाहरू बढेको बताएका छन्।

आज (आइतबार) पत्रकार सम्मेलन गर्दै डिआईजी कार्कीले गत वर्ष ५ हजार ९ सय ४२ घटना घटेकोमा यो वर्ष बढेर ७ हजार ३ सय २५ घटना घटेको बताएका हुन्।

उनले गत वर्ष ४१ हजार ४ सय ३३ प्रहरी परिचालन गरिएको मध्ये अहिले घटना बढेर ६१ हजार २ सय २३ जना प्रहरी परिचान गरिएको बताए। साथै उनले गत वर्ष एक हजार १ सय ७० जना घाइते भएकोमा यो वर्ष बढेर १ हजार ६ सय ५३ घाइतेलाई उद्दार गरिएको जनाए।

उनले भने, ‘यो वर्ष घटनाहरू बढि घटेका छन्, गत वर्ष ४१ हजार ४ सय ३३ प्रहरी परिचालन गरिएका थिए भने यो वर्ष बढेर ६१ हजार २ सय २३ जना परिचान गरिएका छन्। घाइतेहरूको संख्या पनि यो वर्ष बढेको छ। गत वर्ष १ हजार १ सय ७० जना घाइते थिए भने यो वर्ष बढेर १ हजार ६ सय ५३ घाइतेलाइ उद्दार गरिएको छ। शव व्यवस्थापनमा पनि शवहरूको संख्या बढेको छ। यो वर्ष ४ सय ५६ ओटा शवको व्यवस्थापन गरेको छ।’

यस्तै उनले मिसन सञ्चालन गर्दा बजेट अभाव हुने गरेको बताएका छन्। उनले पछिल्लो समयमा कन्ट्रिभेसनको हिसाबले टप फाइब भित्र रहेको बताए।

उनले भने, ‘सबैभन्दा ठूलो समस्या भनेको मिसन सञ्चालन गर्दा बजेटरी अभाव हुनु हो। अहिले संसारका सबै देशहरूले बजेटरी कन्सेट देखाए। साथै मिसनको लागि बजेट आवश्यक्ता पर्छ। ठूलो परिवेश भएको देशहरूले पनि बजेट नदिएकाले मिसन पूरै सफल हुन सकेको छैन। ’

प्रतिक्रिया