शैल्यशिखर नगरपालिकासम्बन्धी सूचना माग गर्दै निवेदन


काठमाडौं – दार्चुलास्थित शैल्यशिखर नगरपालिकाको कार्यालयमा सूचनाको हकअन्तर्गत विभिन्न सूचनाको माग गर्दै निवेदन पेश गरिएको छ।

आइतबार नगरपालिकाका एक स्थानीयले विभिन्न सूचना माग गर्दै निवेदन दिएका हुन्।

पालिकामा अनियमितता भएको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि सूचनाको हकअन्तर्गत निवेदन माग गरिएको कागजपत्रकर्मी भूपेन्द्रसिंह धामीले जनाएका छन्।

धामीका अनुसार पालिकासँग प्राविधिक कर्मचारीलगायत विभिन्न विषयमा सूचना माग गरेको निवेदन आज इमेलमार्फत पठाइएको छ।

प्रतिक्रिया