

ज्वाला संग्रौला प्रहरी हिरासतमा

काठमाडौं – प्रहरीले आफूलाई सामाजिक अभियान्ता बताउने ज्वाला संग्रौलालाई पक्राउ गरी हिरासतमा लिएको छ। युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका संग्रौलालाई हिरासतलमा लिएर अनुसन्धान थालेको हो।
यस्तै संग्रौलासँगै हिमाल उपाध्याय र शर्मिला वाइवा पनि पक्राउ परेका छन्। पक्राउ परेका तीनै जनामाथि कुटपिट तथा अभद्र व्यवहार मुद्दा चल्ने महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले बताए।
उनीहरुविरुद्ध प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ। खुस्बुमाथि गत १६ जेठमा गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो।
त्यसपछि खुस्बुले उनीहरुविरुद्ध टेकु प्रहरी परिसरमा उजुरी गरेकी थिइन्। प्रहरीले आज खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो। त्यही क्रममा प्रहरीले तीनजनालाई हिरासतमा लिएको हो।
यो पनि पढ्नुहोस्…
ज्वाला संग्रौलाको अर्को काण्ड खुल्यो, अर्धनग्न बनाएर युवा नेतृमाथि हमला गर्दा डिएसपी मुकदर्शक!
ज्वाला संग्रौलाको नश्लीय टिप्पणीमाथि छानबिन सुरु
ज्वाला संग्रौलालाई कारबाही गर्न प्रहरी प्रधान कार्यालय डरायो!

