ज्वाला संग्रौलाको नश्लीय टिप्पणीमाथि छानबिन सुरु


काठमाडौं – नेपाल प्रहरीका सहायक निरीक्षक (असई) मणिकान्त झाविरुद्ध नश्लीय टिप्पणी प्रयोग गर्ने आफूलाई सामाजिक अभियान्ता बताउने ज्वाला संग्रौलाको टोलीमाथि छानबिन सुरु भएको छ।

बुधबार संग्रौलाको नश्लीय टिप्पणीविरुद्ध मधेशी आयोगमा उजुरी परेपछि घटनाको छानबिन सुरु भएको हो। यस घटनाको बारेमा प्रहरी प्रधान कार्यालयलाई समेत जानकारी गराइसकेको आयोगले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी वसन्त कुँवरले आयोगबाट औपचारिक रुपमा जानकारी आइसकेपछि छानबिन सुरु गरिने बताए।

बुधबार आयोगमा दर्ता भएको उजुरीको दर्ता नम्बर १८३ रहेको छ। संग्रौलाको अभिव्यक्तिप्रति गम्भीर आपत्ति रहेको जनाउँदै उजुरी दर्ता भएको थियो।

मधेश आयोगका अध्यक्ष विजय दत्तले असई झामाथि नश्लीय टिप्पणी गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याइछाड्ने प्रतिबद्धता जनाए। ‘आयोगमा उजुरी दर्ता भइसकेको छ, कारबाहीका लागि प्रक्रिया पनि अगाडि बढेको छ,’ उनले भने।

गत ११ जेठमा महारजगञ्जमा निषेधाज्ञाका बेला पास र लाइसेन्स माग्दा आफूलाई सामाजिक अभियान्ता बताउने संग्रौलाको टोलीले असई झा ‘जातैले मधेशतिरको लाग्छ, उतै सरूवा गरिदिन्छौं’ भनेर नश्लीय टिप्पणी गरेका थिए। ड्युटीमा खटिएका प्रहरीलाई जानीजानी त्यसरी दुव्यर्वहार गर्न पाइँदैन।

त्यस्तै घटनाको एक हप्तापछि असई झाको महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट सरुवा समेत भएको थियो – महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) मा। संग्रौलाको चेतावनीपछि झाको सरुवा भएको प्रष्ट छ।

सरुवा भएको खबर बुधबार मात्र मिडियामा आएको थियो। त्यसपछि प्रहरीको चौतर्फी आलोचना भयो। आलोचना खेप्न नसकेपछि बुधबार साँझ नै असई झालाई महाराजगञ्ज ट्राफि प्रभागको रमाना बुझ्न लगाएर पुनः महाराजगञ्ज पठाइएको छ।

यो पनि पढ्नुहोस्…

ज्वाला संग्रौलालाई कारबाही गर्न प्रहरी प्रधान कार्यालय डरायो!

ज्वाला संग्रौलालाई कारबाही गर्ने हिम्मत छ आईजी सा’प?

‘कसैको धम्की’ले असई मणिकान्त झालाई महारागञ्जबाट हटाइयो

प्रतिक्रिया