

विपक्षी गठबन्धनको बैठकमा माधव नेपाल माथि दबाब

काठमाडौं – सरकारविरुद्ध उभिरहेको विपक्षी गठबन्धनको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी छ ।
सर्वोच्च अदालतमा असार ९ देखि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाई शुरु हुन लागेका बेला विपक्षी गठबन्धनको थप रणनीति बनाउन कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव समूह र एमालेको माधव नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन् ।
साँझ साँढे ५ बजेदेखि शुरु भएको छलफलमा कांग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल र पूर्णवहादुर खड्का सहभागी छन् भने माओवादी अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन् ।
त्यस्तै बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव,डा.बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी रहेको छ ।
त्यस्तै एमालेभित्र एकता हुने अवस्थामा रहेका माधव नेपाल र भीम रावल पनि सो छलफलमा सहभागी भएका छन् । माधव पक्षकै दोस्रो तहका नेताहरु पार्टीलाई जेठ २ मा फर्काउन ओली तयार भएको अवस्थामा एमाले एकता कायम गर्न लागिरहेका बेला नेपालमाथि गठबन्धन नतोड्न दबाब बढेको छ । भने नेपालले गठबन्धनलाई धोका दिएर केपी ओलीसँग नमिल्ने वचन समेत दिसकेका छन् ।

