ज्वाला संग्रौलाको अर्को काण्ड खुल्यो, अर्धनग्न बनाएर युवा नेतृमाथि हमला गर्दा डिएसपी मुकदर्शक!


खुस्बु घिमिरे र ज्वाला संग्रौला।

काठमाडौं – आफूलाई सामाजिक अभियन्ता ‘दाबी’ गर्ने ज्वाला संग्रौला पछिल्लो समय विवादमा तानिएकी छन्। एकपछि अर्को प्रकरणको खुलासा हुने क्रम जारी छन्। प्रहरी कार्यालयभित्रै प्रहरीलाई थर्काएर आलोचनाको पात्र बनेकी संग्रौलाको नयाँ काण्ड बाहिर आएको हो।

महाराजगञ्जका ट्राफिक प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झामाथि ‘नश्लीय’ टिप्पणी प्रयोग गर्दै ‘एनिहाउ’ सरुवा गरिदिन्छु भनेको पाँच दिनपछि संग्रौलले महानगरीय प्रहरी वृत्त, गौशालाको छलफल कार्यकक्षभित्रै एक युवा नेतृमाथि आक्रमण गरेको तथ्य बाहिर आएको छ।

१६ जेठमा आफूमाथि ज्वाला संग्रौला र उनको समूहले प्रहरी चौकीभित्रै आक्रमण गरेको भन्दै नेकपा एमाले निकट युवा संघकी केन्द्रीय सदस्य खुश्बु घिमिरेले महानगरीय प्रहरी परिसर, काठमाडौंमा उजुरी समेत दिएकी छन्।

गौशाला वृत्तको छलफल कार्यकक्षभित्र संग्रौलाको समूहले अर्धनग्न बनाएर हमला गर्दा प्रहरी मुकदर्शक बनेको घिमिरेले आरोप लगाइन्। घिमिरेमाथि आक्रमण गर्ने संग्रौला, जेरी ताम्राकार, हिमाल उपाध्याय, हेमा श्रेष्ठ, मुना अधिकारी, शर्मिला वाइबागायत हुन्।

यस विषयमा वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) जीतेन्द्र बस्नेतसँग बुझ्न खोज्दा खासै बोल्न चाहेनन्। प्रहरी कार्यालयभित्र आक्रमण भएको चाहिँ हो कि होइन भन्ने प्रश्नमा डिएसपी बस्नेतले भने, ‘यहाँबाट हामीले मिलापत्र गरेर पठाएका हौं। तर, उहाँ पछि महानगरीय प्रहरी परिसर टेकु जानुभएछ। अब सबै कुरा उतै सोध्नुहोला।’

डिएसपी बस्नेतको कार्यालयभित्र युवा नेतृ घिमिरेमाथि आक्रमण भएपछि अनेकन प्रश्नहरु उब्जिएको छ। प्रहरी कार्यालय परिसरमा कसैमाथि आक्रमण हुन्छ भने त्यसको जिम्मेवारी कार्यालय प्रमुखले लिनुपर्ने हुन्छ।

जनताको जिउधनको सुरक्षामा खटिनुपर्ने सुरक्षाकर्मीकै अगाडि मान्छे मारेको अपराधीलाई जस्तो मरणासन्ने हुने गरी पिटेपछि गौशाला प्रहरी प्रमुख बस्नेतमाथि नैतिक प्रश्न उठेको छ।

यसरी प्रहरी कार्यालयभित्रै कोही मान्छेमाथि कुटपिट भइरहँदा प्रहरी प्रशासन किन देखे पनि नदेखेझैं गरि बस्यो। जबकी आफूमाथि हमला हुँदा प्रहरीले देखेको घिमिरेले बताएकी छन्। ‘छलफलकै क्रममा एउटी महिलालाई एक हुल जत्थाको बीचमा छोडेर प्रहरी किन उठेर बाहिर गयो?’, उनको प्रश्न छ।

आफूलाई मरणासन्ने हुनेगरी संग्रौलासहितको समूहले प्रहरी चौकीभित्रै पिटेको आरोप लगाएकी घिमिरेले भनेको कुरालाई गौशाला प्रहरी प्रमुख किन खण्डन गर्न सक्दैनन्? जे कुरा हुन्छ अब परिसरबाट हुन्छ भन्दै किन पन्छिन खोज्छन्? जे कुरा हो, त्यो कुरा भन्न किन डराइरहेका छन्, डिएसपी बस्नेत? उनीमाथि प्रश्न तेर्सिएको छ।

यदि संग्रौलाको समूहले घिमिरेलाई नपिटेको भए प्रहरी जस्तो ‘चेन अफ कमाण्ड’मा चल्ने संगठनको कार्यालयभित्र सीसी क्यामेरा पनि जाँच गर्न सकिन्छ।

कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेपछि त्यसको जिम्मेवार डिएसपी बस्नेत हुनुपर्ने व्यवाहारिक पक्ष पनि हो। एउटा प्रहरी कर्मचारीले गल्ती गर्यो भने त्यसको जिम्मेवारी कार्यालय प्रमुखले लिनुपर्छ र कारबाहीको दायरामा ल्याइन्छ। कार्यालय प्रमुखले गल्ती गरे संगठन प्रमुख त्यसको जिम्मेवार हुनुपर्ने बताइन्छ।

फेसबुक स्ट्याटसले बिनाकारण चौकी पुर्यायो!

१४ जेठमा खुश्बुले फेसबुकमा एउटा स्ट्याटस लेखिन्। त्यो स्टाटस खुस्बुको वालमा अहिले पनि छ। त्यसमा उनले ज्वालालाई ‘बडीसेमिङ’ गर्दै विभिन्न आरोप लगाएकी छन्। त्यसैले ज्वालाले खुश्बुमाथि उजुरी गर्न जानुको कारण चाहिँ यही हो।

त्यसपछि संग्रौलाको मौखिक उजुरीको आधारमा प्रहरी टोली घिमिरेलाई पक्रन १६ जेठमा उनकै घर पुग्यो। पक्राउ पूर्जीबिना घिमिरेलाई पक्रन पुगेको प्रहरी टोलीसँग केही युट्युबर र ‘कथित अभियन्ता’ पनि पुगेका थिए।

‘महिला असईको कमाण्डमा खटिएको प्रहरी टोलीले घरबाटै समातेर आफूलाई गौशाला प्रहरी कार्यालयमा लैजाँदै गर्दा अघिअघि प्रहरीको भ्यान दौडिरहेका बेला पछिपछि युट्युबर र अभियान्ता भन्नेहरु पछिपछि थिए,’ घिमिरेले भनिन्।

त्यसपछि घिमिेलाई गौशाला प्रहरी कार्यालयको छलफल कार्यकक्षमा लगेर राखियो। संग्रौलासहितको समूह पनि भित्र आएको घिमिरेले बताइन्। ‘सोधपुछका क्रममा मलाई सहायक निरीक्षक (असई) विजया पौडेलले आपत्तिजनक प्रश्न गरिन्, ‘रातभरि केटा लिएर हिँड्छस् रे, के हो?’, उनले सुनाइन्।

असई पौडेलले त्यसो भनिरहँदा गौशालाका डिएसपी बस्नेत पनि त्यहीँ भएपछि केही नबोलेको घिमिरेले अनलाइनन्यूज७ लाई बताइन्। यसरी कसैलाई बिना आरोप अनेकथरी लाञ्छना लगाउन पाइँदैन्। प्रहरी हो भन्दैमा जे मन लाग्यो त्यहि बोल्न मिल्छ? असई पौडेल कसको इशारामा चलेको थिइन्?

कि आफूलाई अभियान्ता बताउने संग्रौलाको डरले घिमिरेलाई त्यसो भनिन्। संग्रौलासँग सम्बन्ध राम्रो भएर असई पौडेललाई के फाइदा हुन्छ? असई पौडेलेको अभिव्यक्तिले प्रष्ट पार्छ कि ‘अभियन्ता र प्रहरीबीच स्पष्ट मिलेमतो छ।’

‘जुनियर प्रहरी अधिकारीले अनेकथरी लाञ्छना लगाउँदा डिएसपी बस्नेत केही बोलेनन्। उल्टो सुनिरहे,’ घिमिरेले भनिन्, ‘त्यसपछि डिएसपीले मेरोसामु आएर एउटा फाइल देखाए। फाइलमा मैले लेखेको फेसबुक स्टाटसको फोटोकपी थियो।’

उल्टो आफूलाई यस्तो लेख्ने, अरुलाई गाली गर्ने? कानुन लाग्छ, मुद्दा लाग्छ भन्ने तँलाई थाहा छैन भन्दै गाली गर्न थालेको घिमिरेले बताइन्। त्यसपछि अरु प्रहरीलाई छलफल गराउनु भनेर डीएसपी बाहिर निस्किए। त्यसपछि महिला प्रहरी पौडेल पनि मलाई ती अभियान्ताहरुसँग छोडेर बाहिर निस्किएको घिमिरेको भनाइ छ।

‘अनि लगत्तै ज्वालाको समूहले आफूमाथि हमला गरेको हो। विभिन्न आरोप लगाएर गालीगलौज गर्न थाले। सबै मिलेर कोही कपाल भुत्लाउन थाले, कोही हात टोक्न थाले, कोही मेरो कपडा च्यात्न थाले, भित्रको ‘इनर वेयर’ समेत च्यातिदिए,’ उनले भनिन्।

आफूमाथि त्यसरी हमला हुँदा बाहिर रहेका प्रहरीहरु काउन्टरबाट रमिता हेरेर बसिरहेको घिमिरेको आरोप छ। जबकी संग्रौलाको मुद्दा गौशाला प्रहरीको क्षेत्राधिकारभित्रै पर्दैन्। साइबर मुद्दा हेर्नको लागि साइबर ब्यूरो छ।

यो पनि पढ्नुहोस्…

ज्वाला संग्रौलाको नश्लीय टिप्पणीमाथि छानबिन सुरु

ज्वाला संग्रौलालाई कारबाही गर्न प्रहरी प्रधान कार्यालय डरायो!

ज्वाला संग्रौलालाई कारबाही गर्ने हिम्मत छ आईजी सा’प?

‘कसैको धम्की’ले असई मणिकान्त झालाई महारागञ्जबाट हटाइयो

चित्त नबुझेको भए संग्रौला साइबर ब्यूरो जान सक्थिन्। तर, उनले आफ्नो शक्ति देखाउनका लागि गौशाला वृत्त गएकी हुनुपर्छ। सामाजिक अभियान्ताको नाममा आफूलाई प्रहरीका हाकिमहरुले चिन्ने बताउने संग्रौलासँग डिएसपी बस्नेतसँग चिनजान थियो वा थिएन? अहिले यो प्रश्न पनि खडा भएको छ।

घटनाबारे सोधपुछ नै नगरी बुझ्दै नबुझी संग्रौलाको भनाइलाई आधार मानेर घिमिरेमाथि प्रहरी नै खनिनुले डिएसपी बस्नेत र संग्रौलाबीच चिनजान भएको हुन सक्ने अनुमान गरिएको छ। यसरी कसैले केही आरोप लगाइदिएको भरमा प्रहरीले कसैलाई ल्याएर बिनाकारण नियन्त्रणमा समेत लिन पाउँदैन्?

‘त्यहाँ त घिमिरेमाथि कुटपिट भएको छ, अझ डिएसपी बस्नेत कार्यालयमै हुँदा। यसरी प्रहरी कार्यालयभित्रै जनता सुरक्षित छैनन् भने प्रहरीलाई विश्वास गर्ने आधार के? फेसबुकमा अनेकौं स्ट्याटस लेख्यो भन्दैमा बिना पक्राउपुर्जीमा जबरजस्ती घरबाट उठाउने अधिकार छ, गौशाला प्रहरीलाई?’, सर्वसाधारणले प्रश्न गर्न थालेका छन्।

‘पछि कसैको दबाबमा डिएसपी बस्नेतले घिमिरेलाई मिलापत्र गर्न लगाएर भाटेबहालमा रहेको साइबर ब्यूरोमा गएर उजुरी गर्न किन भने?’, घिमिरे भन्छिन्, ‘संग्रौलाको समूहसामू डिएसपीले तपाईंहरूको मुद्दा यहाँ हेरिँदैन। भोटेबहाल गएर साइबर ब्यूरोमा केस हाल्न सक्नुहुन्छ। यो मेरो अधिकारक्षेत्रभित्र पर्दैन भने।’

‘आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भन्ने कुरा डिएसपीलाई थाहा हुँदाहुँदै सुरुमा किन उजुरी लिएको? पछि फेरि साइबर ब्यूरो किन जाउ भनेको? साइबर ब्यूरोले हेर्ने मुद्दा हो भन्ने थाहा हुादाहुँदै जाहेरी लिनु गौशाला प्रहरीको कमजोरी हो’, सर्वसाधारण सोध्छन्,‘डिएसपी बस्नेतमाथि प्रश्न उठेको छ।’

एक वर्षअघि सामाजिक अभियन्ता बताउने संग्रौलाले अभियानहरुमा धेरै घाटा हुने भनेको अडियो लिक भएपछि नक्कली समाज सेवाको मुकुण्डो उत्रिएको थियो। समाजसेवा गर्दा संग्रौलाले घाटा र नाफामा गर्ने गरेको पाइएको थियो।

अडियोमा संग्रौला आफैले भनेकी छिन्, ‘यस्तो अभियानहरु गर्दा कति घाटाहरु हुन्छ। अस्ति महाविर पुनको अभियानमा झण्डै ५० हजार घाटा भयो। कति चाहिँले गल्ती नम्बर पठाएको, कतिले….।’ उक्त भिडियो यतिबेला भाइरल भइरहेको छ।

यसरी विवादमा आइरहने संग्रौलाको दादागिरी बढ्दै गइरहेको प्रहरी संगठनकै अधिकृतहरु बताउँछन्। प्रहरीलाई बदनाम गराउने संग्रौलालाई कारबाही गर्न किन सकिरहेको छैन? अभियान्ताको नाममा संग्रौलाको दादागिरी कहिलेसम्म?

प्रतिक्रिया