एउटा युवकलाई नेपाली माओवादी कवियत्रीले गरेको सेक्सदेखि असुलीको कथा


उषा शर्मा (परिवर्तित नाम) सँग भेट हुनुभन्दा पहिले उनका बारेमा मैले धेरैचोटि सुनेको थिएँ कि उनी एक माओवादी वुद्धिजीवी एवं पत्रकार हुन्, जो नेपालको राणा, शाह, राजाको खान्दानसँग पारिवारिक नाता राख्छिन्। उनी नेपालको  प्रगतिशील धाराकी चर्चित कवि हुन्। माओवादी भएका कारण उनले जेल यातना पनि भोगेकी छिन्। मैले उनका धेरै कविताहरु जनादेश साप्ताहिकमा पढेको थिएँ। उनी सन् २००२ मा दिल्लीस्थित मण्डीहाउसबाट माओवादी नेताहरुका साथ पक्राउ परेकी थिइन् र नेपाल सरकारलाई बुझाइएकी थिइन्। पछि दोस्रो वार्ताकालमा अन्य माओवादीबन्दीसँगै उनी जेलबाट छुटिन्।

उषासँग मेरो पहिलो भेट सन् २००९ मा काठमाडौंमा माओवादीले आयोजना गरेको एक सांस्कृतिक कार्यक्रममा भयो, जहाँ म पीएचडी फिल्डवर्कको सिलसिलामा दिल्लीबाट एकसाता अघि आएको थिएँ। मैले पीएचडी थेसिसको फिल्डवर्कका लागि माओवादीको उदगमस्थल रोल्पा जिल्लाको थवाङलाई रोजेको थिएँ।

काठमाडौंमा माओवादी पार्टीको कार्यक्रमका सिलसिलामा सन् २०१० मे महिनामा उषासँग मेरो दोस्रोपटक भेट भयो। म मेको सुरुमा थवाङ गएँ र महिनाको अन्त्यमा काठमाडौं फर्किएँ। मेरो सोचाइ केही दिन काठमाडौं बसेर दिल्ली र्फकने थियो। केही दिन रिसर्चको सामाग्री जुटाउन काठमाडौंको लाइब्रेरीमा बिताउन चाहन्थें ।

रोल्पाबाट फर्केपछि मैले एक हप्ता जति माओवादीका एक नेताको परिवारका साथ बिताएँ। बस्ने स्थानको असुविधा भएकाले म उपयुक्त स्थान खोजिरहेको थिएँ।

यही सिलसिलामा म जागरण बुक हाउसमा गणेशजीलाई भेट्न गएँ। त्यहीँ दोस्रोपटक उषा शर्मासँग भेट भयो। उनले हरिसिद्धीमा आफ्नो एउटा फ्ल्याट खाली रहेको र त्यहीँ बस्न प्रस्ताव गरिन्। मेरो समस्या हल भयो। त्यहाँबाट म बिहान ८ बजे निस्कन्थे र मार्टिन चौतारीको लाइब्रेरीमा जान्थें। म त्यसरी हरिसिद्धीको फ्ल्याटमा १२ दिन बसेर दिल्ली फर्किएँ।

हरिसिद्धीमा रहँदा मलाई उषाले दिनहुँजसो फोन गर्न थालिन्। प्रायः राति उनको फोन आउँथ्यो। मैले खाना खाएँ कि खाइँन, दिक्क त लागेको छैन? आदि–आदि। दिनहुँको फोनपछि मलाई उनीप्रति एकप्रकारको लगाव महसुस हुन थाल्यो।

म दिल्ली फर्कने अघिल्लो दिन साँझमा उषाले मलाई महाराजगञ्जको एक आफन्तको महलमा खाना खान निम्तो गरिन्। त्यहाँ मैले उनले परिवारजनकै साथमा चुरोट खाएको देखें। हरिसिद्धीमा रहँदा उनी आइनन्। मार्टिन चौतारीमै मलाई भेट्न आउँथिन्।

मे ९ को साँझ अर्कैको नम्बरबाट फोन गरेर उषाले भनिन् म अहिले जेएनयुमा छु। मैले केही सम्झन सकिँन। एउटी केटीकोमा उसको बस्ने बन्दोबस्त मिलाएँ। राति खाना खाएपछि पीएस सडकमा घुम्न गयौं। त्यहीँ एउटा भत्किएको घरमा सेक्सुअल इन्टरकोर्समा गयौं

म दिल्ली गएपछि पनि उनले ३०–३५ मीनेटसम्म फोन गर्न थालिन्। थवाङमा रहँदा पनि उनी मलाई फोन गर्थिन्। कविता सुनाउँथिन्। उनी उच्च शर्मा जातकी, म तल्लो जातको, गाउँमा बस्ने गरिब परिवारमा जन्मेको। उनी उमेरमा पनि मभन्दा जेठी थिइन्। उनी किन मसँग नजिकइरहेकी छिन्? के यसको कारण म जेएनयुमा रहनु नै थियो? यसबारेमा मैले भारतमा वलवन्त यादव र नेपालका एक माओवादी नेतासँग पनि कुरा गरें।

सन् २०१० अगस्तको सुरुवातमा मैले युजीसी स्कलरसीप पाएँ। पैसा ऋणपान खोजेर १६ अगस्तमा गोरखुरको रेल पक्डेर सुनौली भैरहवा हुँदै काठमाडौं गएँ। उनी कलंकीमै मलाई लिन आइन्। त्यसदिन प्रतापबाबु पाठककहाँ बस्यौं। भोलिपल्ट माइक्रो चढ्दा भीडमा मेरो २२ हजार नेपाली रुपैयाँ र एसबीआइ बैंकको एटीएम कार्डसहितको ब्याग हरायो। यसले गर्दा मेरो रोल्पा जाने प्लान चौपट भयो।

मेरो सारा योजना चौपट भए। १२÷१३ दिन यताउता माओवादी नेताहरु बाबुराम, गौरब, किरण, हरिभक्त कँडेल, सुरेश आले, बसन्त, ईश्वरचन्द्र ज्ञवाली, लेखनाथ न्यौपाने आदिलाई सम्पर्क गर्दैमा बित्यो। गौरबले भने कि मलाई पैसा दिने प्रस्ताव पार्टीमा पारित गराउनका लागि करिब एक महिना पर्खनुपर्छ। उनले भने कि यो प्रस्ताव पास गर्न महासचिव बादलले निर्णय गर्नुपर्छ।

यसैक्रममा नयाँ बानेश्वरमा उषासँग अचानक भेट भयो। उनले यतिका दिनसम्म मलाई किन फोन नगरेको भन्दै रिसाइन्। मैले भनें, म समस्यामा परेको छु। उनले भोलिपल्ट पुतलीसडकमा लञ्च खान बोलाइन्। १ हजारभन्दा माथिको बिल आयो। त्यसपछि पार्कतिर घुम्दा उनले पत्रिकामा छापिएको सामाग्री देखाउँदै उनले मेरो विचार बुझ्न खोजिन् कि लिभिङ टुगेदर या विवाहपूर्वको सेक्सका बारेमा तपाईको धारणा के छ? मैले भनें कि म यसलाई पुँजीवादी उपभोक्तावादी सोचाइ ठान्छु।

गाडी खाली थियो। हामी एउटै सीटमा बस्यौं। उनको बडी ल्याङ्वेजबाट मलाई एकाएक महसुस भयो कि उनी मसँग सम्बन्ध राख्न चाहन्छिन्। उनले मेरो हातमा हात राखेर भनिन्, अबदेखि फोन उठाउनू।

उषाले मलाई एसएसमएस पठाउन थालिन्। उनी मसँग प्रेम गर्छिन् या सेक्सुअल सम्बन्ध मात्र राँख चाहन्छिन्? हो, मलाई पनि उनी मन पर्न थाल्यो ।

यसैक्रममा एक दिन उनले गोदावरी घुमाउन लगिन्। यसक्रममा उनले कोठामा खसीको मासु र भात पकाइन्। साथमा सुशीला पनि थिइन्। उनले यसक्रममा भनिन्, हामी एकसाथ बसौं लिभिङ टुगेदरमा। म कम्युनिष्ट हुँ र विवाह नामको संस्थासँग मलाई विश्वास छैन। उनले भनिन् कि उनकी आदर्श पम्फा भुषाल हुन्। एङगेल्सले पनि विवाह नगरेको उनले बताइन्। मैले उनलाई भनें कि म उनलाई मन पराउँछु तर विवाहविनाको यौन सम्बन्धलाई नैतिक मान्दिँन।

हामी राति हरिसिद्धिको फ्ल्याटमै सुत्यौं। उनले मलाई बिहान साढे ३ बजे नै उठाइन्। बिहान हुनुअगावै यहाँबाट हिँडौं? नत्र अरुले थाहा पाउँछन् र मेरो बेइज्यत हुन्छ भन्दै उनले त्यहाँबाट हिँडाइन्। मलाई असाध्यै नराम्रो लाग्यो, जस्तो कि म पुरुष वेश्या हुँ। तर, मैले केही भन्न सकिँन ।

साँझ उषाले मलाई एसएमएस गरिन् कि उनी मलाई प्यार गर्छिन्। यो घटनापछि मलाई ज्वरो आयो। म पाँचदिनसम्म बाहिर निस्कन सकिँन। यसबीच मलाई कृष्णबहादुर महराले १० हजार रुपैयाँको प्रवन्ध गरिदिए। ६ दिनपछि म प्रचण्डको सुरक्षामा तैनाथ भैसकेका माओवादी सेनाका साथमा गाउँ जाने भएँ। गाउँ जानुअघि उषाले एसएमएस गरेर दरबार हाइस्कुल अगाडि बोलाइन्, उनी र मैले उनको साथीको कोठामा त्यो रात बितायौं।

म अगस्तको सप्तान्तमा थबाङ गएँ। थबाङ हाइस्कुलका शिक्षकका साथ कम्युन होटलमा डेरा जमाएँ। मौसम ज्यादै चिसो थियो। मलाई खोकी लाग्न थाल्यो। त्यहाँ मैले धेरै जनाको अन्तरवार्ता लिएँ। गाउँ घुमें। उषाको एसएमएसले डिस्टर्ब गरेपछि फोन अफ गरें। नुहाउन पाइएन। कपाल लामो भइसकेको थियो। दाह्री बढेको थियो ।

खोकी निको नभएको अवस्थामा म डिसेम्बरको दोस्रो साता काठमाडौं आएँ। उषाले डेरा सारिछन्। उनले काठमाडौंमा सँगै बस्ने प्रस्ताव गरिन्। उनले फ्ल्याटमा बोलाइन्। राति म त्यहीँ बसें। तर, मैले सेक्स गर्न सकिँन। उनले भनिन् कि खोकीको दबाइले असर गरेको हुन सक्छ, पछि ठीक हुन्छ।

सन् २०११ जनवरी २ मा म दिल्ली हिँडे। दिल्ली आएर पीएचडी रजिष्ट्रेसन लिएँ।

सफदरगञ्ज हस्पिटलमा स्वाथ्यजाँच गराउँदा मलाई टीबी रोग लागेको पत्तो लाग्यो।  ६ महिनासम्म दबाइ खानुपर्ने र आराम गर्नुपर्ने डाक्टरले सल्लाह दिए। यो अवधिमा यौनसम्बन्ध नराख्न डाक्टरले भने। मैले जेएनयुमा ६ महिना छुट्टि लिएँ। यसले गर्दा मेरो स्करलसीप रोकियो। मसित पैसाको ठूलो समस्या पर्यो। परिवारबाट मद्दत मिल्ने सम्भावना कमै थियो। बुबा प्राइमरी स्कुलको जागिरबाट रिटायर्ड हुनुहुन्छ।

यसबीच नेपालबाट उषाको लगातार फोन आयो। यसअवधिमा मैले उनका केही कविता हिन्दीमा अनुवाद गरें। मैले यसबीचमा हाम्रो सम्बन्ध र विवाहबारे आमाबुबालाई राजी गराउनु थियो।

सन् २०१२ मार्चमा उषा मलाई भेट्न काठमाडौंबाट जेएनयु आइन्। मैले महिला होस्टलमा उनलाई बस्ने व्यवस्था मिलाएँ। उनी १६ दिन बसिन्। हामीबीच मेरै कोठामा शारीरिक सम्बन्ध रह्यो । ममा कुनै समस्या देखिएन। मैले उनीबाट लिएको ८ हजार रुपैयाँ फिर्ता गरें। उनले आनन्दस्वररुप बर्मा, लक्ष्मण पन्त, डा. अर्पणा आदिसँग भेट गरिन्। उनीहरुसँग मेरो सम्बन्ध लगभग दुईवर्षदेखि टुटेको थियो। मैले नेपालका माओवादी नेताले गरेको भ्रष्टाचारको विरोध गरेको थिएँ, लक्ष्मण पन्त नेपाली माओवादीका दिल्ली प्रतिनिधि थिए।

मैले २०१२ डिसेम्बरमा काठमाडौं जाँदा २३ हजार भारतीय रुपैयाँमा उषालाई तोसिबा कम्पनीको ल्यापटप र रेकर्डर उपहार लगिदिएँ। थवाङ जाँदा उषालाई पनि लान चाहन्थें, तर उनी गइनन्। एकमहिना पश्चिम नेपालका केही जिल्लाहरुमा भ्रमण गरेर म काठमाडौं हुँदै दिल्ली फर्किएँ र थेसिस पूरा गर्नतिर लागें।

मैले हुँदैन भनेर लाख बिन्ती गर्दागर्दै उषा जेएनयु आइन्। मैले उनको कविता वाचन कार्यक्रम मिलाएँ। त्यसपछि उनी काठमाडौं फर्किलिन भन्ने थाठेको थिएँ, तर उनले कपडा किन्न बजार जाने प्रस्ताव गरिन्।

मैले बुबासँग नेपाली केटीसँग विहे गर्ने प्रस्ताव राखें। उहाँले केटीका बुबाआमासँग पहिले भेट गराउन भन्नुभयो। उषाका बुबा आमालाई इलाहावाद आउन र महाकुम्भ मेलामा सहभागी हुन र चिनजान गर्न उषालाई भनें। उनले बुबा आमा बिरामी भएकाले आउन नसक्ने भनिन्। म काठमाडौं आएँ। बुबाआमा सही सलामत थिए।

उषाले मलाई नेपालकै अदालतमा कोर्ट म्यारिज गर्ने र नेपालमै जागिर खोजेर बस्ने प्रस्ताव राखिन्। मैले आमाबुबाको अनुपस्थितिमा नेपालमा कोर्ट म्यारिज गर्न नसक्ने बताएँ। फेरि म इण्डियन केटो, नेपालको अदालतमा। उनले जागिरको चिन्ता छैन, बाबुराम भट्टराईलाई भनेर तुरुन्त मिलाइदिन्छु भनिन्।

म अजीव किसिमको उल्झनमा परें। एक दिन म बाथरुममा पसेका बेला उषाका पिताले भनिरहेको सुनें, म उनकी छोरीका साथ विनाविवाह खुलेआम सँगै बसिरहेको छु। त्यसैले मैले कि त तत्काल विहे गर्नुपर्छ, कि तत्काल घर जानुपर्छ।

म बेरोजगार थिएँ । ममाथि उषाको विवाहको दबाव परिरहेको थियो। मेरो र मेरा पिताबीचको सम्बन्ध पनि बिग्रिएको थियो। मैले निश्चित गरें कि म दिल्ली फर्किऊँ। दिल्लीमा आएर मैले कामको खोजी गर्न थालें। र, एउटा एनजीओमा अनुवादको काम गर्न थालें। आफ्नो परिवार र इण्डियालाई छाडेर नेपालमा नोकरी गर्ने मेरो कुनै उद्देश्य थिएन।

मलाई उषाले फोन गरेर नेपाल आइस् भने पुलिस लगाएर पिटाउँछु र मुद्दा हाल्छु भनेर धम्की दिइन्। उनको धम्की लगातार बढ्दै जान थाल्यो। उनले भनिन् कि जेएनयु आएर उनले मेरो बाजा बजाइदिनेछिन्।

मे ९ को साँझ अर्कैको नम्बरबाट फोन गरेर उषाले भनिन् म अहिले जेएनयुमा छु। मैले केही सम्झन सकिँन। एउटी केटीकोमा उसको बस्ने बन्दोबस्त मिलाएँ। राति खाना खाएपछि पीएस सडकमा घुम्न गयौं। त्यहीँ एउटा भत्किएको घरमा सेक्सुअल इन्टरकोर्समा गयौं।

मैले उनलाई पाठकको घरमा लिएर गएँ। उनले एक वर्ष पीएचडी पूरा गर्न सुझाव दिए। तर, उषाले आफ्नो जिद्दी छाडिनन्। मैले म अगस्तमा काठमाडौं आउँला भनें, तर उनले यो पनि मानिन्। तिम्रो जीवनमा अर्कै केटी आई, म बुढी भएँ, मेरो बच्चा पाउने उमेर पनि गयो इत्यादि भन्न थालिन्। अहिल्यै मसँग बिहे गर हैन भने सम्बन्ध तोड्छु भन्न थालिन्।

मे १५ को बिहान उनले मलाई फोन गरेर केसी बजारमा बोलाइन्। उनले भनिन् दिउँसो तीसहजारी कोर्टमा गएर बिबाह दर्ता गरौं नत्र अहिल्यै बसन्त बिहार थानामा गएर बलात्कारको मुद्दा हाल्छु।

मैले सौरभको कोठाबाट डकुमेन्ट लिएँ र जेएनयुका साथीहरुलाई भनें कि धम्कीका बीच आज म उषासँग विवाह गर्न गइरहेको छु ।

उनले वकिल उनकै मान्छे प्रेम क्षेत्रीलाई राख्नुपर्ने बताइन्। गाडीमा हामी चुप्पी साँधेर बसेका थियौं। उषाले मलाई नेपालीमा भनिन्, पवन, किन दिक्क मान्छौ? मलाई सब बिहे दर्ता गरिदेऊ, त्यसपछि तिमी जति केटीसँग सुत्न चाहन्छौ, सुत। तिमी दिल्लीमै बस, नोकरी खोज, म काठमाडौंमै रहन्छु ।

मैले भनें, म तिमीसँग यसरी बिहे गर्दिन। म कोर्टमै भनिदिन्छु कि यसले मलाई बिहे गर्न धम्की दिई। तिम्रो माओवाद र नारीवाद यही हो? म तिमीसँग बिहे गर्न इन्कार गर्छु।

मैले अटो (गाडी)लाई फर्काउन भनें। र, जेएनयु पुगेर उषालाई गंगा होस्टलमा ड्रप गरें। मैले यो कुरा माओवादी नेता मणि थापा र मात्रिका यादवलाई सुनाएँ। उषा तीनदिनपछि काठमाडौं गई। म टिकट काटेर बैंगलोर गएँ।

एक साँझ दिल्लीमा नेपाली माओवादी नेता लक्षमण पन्त, अञ्जनीकुमार, आनन्द स्वरुपसँग दुईपक्षीय छलफल भयो, नोयडास्थित बर्माको घरमा। उषाले मलाई काठमाडौंमा अर्की महिलासँग सम्बन्ध रहेको र दिल्लीमा बेश्यासँग सुत्ने गरेको आरोप लगाइन्। उनीहरुले मेरो स्करलसीपको ५० प्रतिशत उषालाई दिनुपर्ने सुनाए। त्यो भारु ३ लाखजति हुन्थ्यो।

जहाँ वैचारिक गडबडीका कारण प्रेम सम्बन्ध टुट्छ, तब माओवादी जनकविले आफ्नो पूर्वप्रेमीमाथि बलात्कारको झूठो अभियोग लगाएर पैसा असुल्न कुन माओवादले भनेको छ?

मैले भनें, मेरो सहमतिबिना यस्तो निर्णय सुनाउने को हौ? उषाले मेरो जे उखाड्न सक्छे उखाडोस्। तिमीहरु कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य हैनौ, न म कम्युनिष्ट पार्टीको सदस्य हुँ, जसका कारण तिमीहरुको निर्देशन मानौं।

एकदिन विद्यार्थी संगठनबाट फोन आयो कि म उषासँग सम्झौताका लागि इच्छुक छु या छैन? मैले यो मामिलामा केही इन्ट्रेस्ट छैन भनेर फोन काटिदिएँ। भोलिपल्ट भीसी अफिसबाट फोन आयो। मलाई उषाले बलात्कारको मुद्दा हालिछन्। मलाई प्रहरीले समात्यो र ३७६ अन्तरगत बारेन्ट जारी गरी एक महिनाका लागि तिहाड जेलमा हालियो।

वकिल प्रेम क्षेत्रीमार्फत भनियो कि ३५ लाख भारु दिने हो भने पटियाला कोर्टमा न्यायधीशका सामु उनीहरु जमानतका लागि तयार छन्। अन्यथा म ६ महिना जेल पर्छ र त्यसपछि जमानत मिल्न सक्दैन।

वकिलले मेरा पितासँग सम्पर्क गरे। १३ दिनपछि उषालाई १० लाख र वकिललाई २ लाख दिने सहमति भयो। सम्झौता अनुसार पहिले ६ लाख दिएपछि उषाले कोर्टमा जमानत दिनेछिन्। पैसा लिएपछि उषा बुबा बिरामी भएको बाहाना बनाएर काठमाडौं गइन्। उनी दिल्ली फर्केर आइनन्। तीन महिनापछि उनले फोनमा भनिन् कि मैले एक करोड भारु उनलाई दिनुपर्छ, अन्यथा उनी पहिलेको सम्झौता मान्दिनन्।

अहिले म यो मुद्दा लडिरहेको छु। वकीलका अनुसार अझै ४÷५ वर्ष लाग्न सक्छ। मेरो पीएचडी अवार्ड भए पनि यसवीचमा मैले अध्यापन गर्न पाउँदिन।

अन्त्यमा म सोध्न चाहन्छु कि बिहेको पहिले या बिहेपछि स्त्री र पुरुषको सम्बन्ध टुट्दैन? के यो सबै घटनामा महिलाले पुरुषलाई बलात्कारको मुद्दा हाल्न मिल्छ? र, बुर्जुवा चलनमा जस्तै माओवादीको स्टाइलमा पनि मुद्दाको समाप्तिका लागि पैसा असुली गर्न मिल्छ? जतिबेला म तिहाड जेलमा थिएँ, त्यतिबेला उषाले मेरो बुबासँग झूठो बलात्कारको केसमा पैसा असुलीरहेकी थिइन्। उनलाई ६ लाख दिनका लागि बुबाले आफ्नो जमीन बेच्नुभयो।

जहाँ वैचारिक गडबडीका कारण प्रेम सम्बन्ध टुट्छ, तब माओवादी जनकविले आफ्नो पूर्वप्रेमीमाथि बलात्कारको झूठो अभियोग लगाएर पैसा असुल्न कुन माओवादले भनेको छ?

(२९ पृष्ठ लामो यो सम्पादीत संस्मरण ०७० अघि लेखिएको थियो। संस्करण लेखक पटेल नेपालको माओवादीका बारेमा पिएचडी गरिरहेका थिए। तिहाड जेलमा रहँदा यो लेखिएको हो। इन्टरनेट अर्काइबबाट साभार)

प्रतिक्रिया