
१२ वर्षीया बालिकालाई करणी गर्ने युवक पक्राउ
स्याङ्जा – स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
स्याङ्जाको हरिनास गाउँपालिका–६ मा भएको घटनापछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गत शुक्रबार राति करिब ११ बजेतिर हरिनास गाउँपालिका-६ निवासी १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको भन्ने सूचना प्रहरीमा पुगेपछि तत्काल प्रहरी परिचालन गरिएको थियो ।
घटनापछि जिल्ला प्रहरी कार्यालय स्याङ्जा र इलाका प्रहरी कार्यालय चिसापानीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आरोपित २८ वर्षीय सन्दीप विकलाई शनिबार पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
उनलाई घटनास्थल आसपासबाट नियन्त्रणमा लिइएको र अहिले जबरजस्ती करणी कसूरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
