

निषेधाज्ञा उल्लङ्घन गरी पसल सञ्चालन गर्ने १३ जना नियन्त्रणमा

पर्सा । प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने १३ जनालाई नियन्त्रणमा लिएको छ ।
वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानमा निषेधाज्ञाको सयमामा पसल सञ्चालन गरेको पाइएपछि प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको हो ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा उल्लङ्घन गरेको भनी नियन्त्रणमा लिइएका उनीहरूलाई सम्झाई बुझाइ पसल नखोल्ने सर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

