दुर्गा प्रसाईं पक्राउ


काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

उनी वीरगञ्जबाट पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार, उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको हो ।

प्रहरी स्रोतले उनी पक्राउ परेको पुष्टि गरे पनि कुन कसुरमा पक्राउ गरिएको भन्नेबारे थाहा नभएको बताएको छ ।

राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए ।

वीरगञ्जमा मंगलबार हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।

प्रतिक्रिया