
सुन्धारा कारागारबाट मध्यरातमा भागेकी सपना पक्राउ
काठमाडौं – सुन्धारा कारागारबाट मध्यराति भागेकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो ।
जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट फरार भएकी थिइन् ।
भुईँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको देखिएको कारागार प्रशासनले जनाएको थियो ।
तामाङ उनी चोरी र कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला भएपछि कैद भुक्तान गर्दै आएकी थिइन् ।
यसअघि जेनजी आन्दोलनको बेलामा पनि फरार भएकी उनी २ महिनापछि पक्राउ परेकी थिइन् । यसपटक भागेको तीन दिनमै पक्राउ परेकी हुन् ।



कागजपत्र |
