त्रिभुवन विमानस्थलबाट ३७ पासपोर्टसहित एक जना पक्राउ


काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ वटा राहदानी (पासपोर्ट) सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहा जिल्लाका अजित श्रेष्ठ रहेका छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार श्रेष्ठ नेपाल एयरलाइन्सको उडानमार्फत भारतको दिल्ली जान लागेका थिए । सोही क्रममा उनको साथबाट ठूलो संख्यामा पासपोर्ट फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पठाइएको छ ।

प्रतिक्रिया