मःम चाउमिनमा हिटलर जोडी


काठमाडौं–तीन वर्ष अघि रिलिज भएको फिल्म ‘हिटलर’को ‘मःम चाउमिन’ बोलको गीत सार्वजनिक भएको छ । लोचन घिमिरेको शब्द, संगीत तथा स्वर गीतमा अभिनेता सोहित मानन्धर र अभिनेत्री सामिया बर्तौला फिचर्ड छन् ।

सौरभ ढकालको निर्देशन रहेको फिल्ममा कमेडी कथाबस्तुसँगै सामाजिक परिवेश देखाइएको छ । अष्टनारायण पिक्चर्स प्रालिको प्रस्तुति रहेको फिल्ममा शोहित र सामियाको अलवा मेनुका प्रधान, दिवस धिताल, ए गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।

मुगु र काठमाडौंमा छायांकन भएको फिल्ममा अरुणराज पौडेलको छायांकन र सूर्य थोकर लामाको द्वन्द्व छ ।

प्रतिक्रिया