मुकुलले सोधे–बोल्न नपाउने नियम महामन्त्रीलाई मात्रै हो कि अरुलाई पनि ?


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा मुकुल ढकालले पार्टीभित्र बिचार राख्ने अभिव्यक्ती स्वतन्त्रता मिचिएको बताएका छन् ।

बुधबार बसेको केन्द्रीय समितिमा उनले बुझाएको ६ पेज लामो प्रतिवेदनमा उनले आफूभन्दा माथिका नेताले बोलेको देखेर आफूले पनि रुष्टता व्यक्त गरेको बताएका छन् । ‘मैले पार्टीका अन्य साथीहरूलाई हेरे, उनीहरूले बोलेकै देखें। अनि मैले सोचें, बोल्न पाइन्छ र त्यहि अनुसार बोलेको हैं’ प्रतिवेदनको बुँदा नम्बर ७ मा उनले उल्लेख गरेका छन् ।

उनले बाहिर बोल्नु हुँदैनथ्यो भन्ने कुरामा आफू अझै अलमलमा रहेको समेत उल्लेख गरेका छन् । उनले बुँदा नम्बर ८ मा लेखेका छन्, ‘साथीहरूले ‘‘महामन्त्रीले मिडियामा बोल्नु गलत हो’’ भनेर मिडियामा नै भनिदिए । अर्को दलका नेतालाई पनि ०.०१ प्रतिशत सदस्यको मात्र साथ छ भनेर भनिएको भनेर मिडियाबाट पढ़ें । बोल्न नपाउने नियम महामन्त्रीलाई मात्र हो कि अरुलाई पनि । साथीहरूले, कसैले एक केन्द्रीय सदस्य भएर, कसैले एक नेता भएर टिप्पणीहरू दिनु नै भयो । सायद मैले पनि, त्यसरी नै दिनु पर्थ्यो, डाइरेक्ट मैले दिएको भनेर नभन्न पर्थ्यो कि ?’

 

प्रतिक्रिया