रामचन्द्र पौडेल पक्ष अन्तिम छलफलमा, सभापतिको उम्मेदवार टुंग्याइने


काठमाडौं –सभापतिको साझा उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसका रामचन्द्र पौडेल पक्षको बैठक अहिले बसिरहेको छ। बैठकमा सभापतिका आकांक्षी चारै जना नेताहरु सहभागि छन्

बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा सभापतिका आकांक्षी चारै जना नेताहरुसहित केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ।

बैठकमा पौडेलसहित सभापतिका चारै आकांक्षीहरु प्रकाशमान सिंह, डाक्टर शेखर कोइराला र शशांक कोइराला सहभागि छन्। बैठकबाट सभापतिको उम्मेदवार टुंग्याइने बताइएको छ।

प्रतिक्रिया