देउवा प्यानलबाट महामन्त्रीमा प्रदीप पौडेल!


काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट प्रदीप पौडेललाई महामन्त्री बनाउने गरी सहमति भएको छ।

संस्थापन पक्षबाट कृष्ण प्रसाद सिटौला समूहमा रहेका पौडेललाई केहीबेर अघि भएको सहमतिअनुसार महामन्त्री बनाएर जान देउवा पक्ष र सिटौला पक्षले सहमति गरेका हुन्।

आजको सहमतिअनुसार अब संस्थापन देउवा पक्ष र सिटौला पक्ष मिलेर निर्वाचनमा जाने पक्कापक्की भएको छ।

प्रतिक्रिया