बालेन ‘विवश’ कि ‘बेलगाम’ !


बालेन्द्र उर्फ बालेन शाह , काठमाडौं महानगरपालिकाका मेयर । मुलुकको सबैभन्दा केन्द्र मानिएको काठमाडौं महानगरपालिका मेयर पदमा निर्वाचित भएपछि प्रायः जसो राम्रो काम गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताको वाहवाहि पाइरहेका एकमात्र जनप्रतिनिधि ।

काठमाडौं जस्तो महानगरको साँचो लिएर सत्ता सञ्चालन गरिरहेका बालेन कहिले काहिँ विवादमा आउने गर्दछन् । देशभित्र र देश बाहिर रहेका युवाहरुको ढुकढुकी बालेनले गरेका हरेक कामलाई राम्रोमात्र देख्ने र उनको बोलीलाई देवताको बोलीको रुपमा अंगीकार गर्नेहरुको जमातको कमी छैन ।

हो, उनी एक असल व्यक्ति साथै राष्ट्रका लागि अत्यावश्यक हुन् भन्नेमा कुनै शंका छैन । टिनेजर उमेरदेखि नै मुलुकप्रति संवेदनशील बनी लामोसमयको व्यावसायिक क्षमतामार्फत् देश विकासको लागि लागिरहेका बालेनले करिब ५ वर्षको गृहकार्यपछि राजनीतिमार्फत् देश बनाउन प्रवेश गरेको जो कसैबाट पनि छिपेको छैन । तर, कहिलेकाहिँ उनका अभिव्यक्तिहरुले आफूलाई नै असर पारिरहेको देखिएको छ । उनका कतिपय अभिव्यक्तिलाई उनलाई जे–जस्तो असर परे पनि उनका ‘भक्त’ हरुलाई भने असर पार्ने देखिन्छ ।

पछिल्लोसमय शनिबार उनले यस्तै एक अभिव्यक्ति दिए, जसले आम समर्थकको मनमा बालेनका बारेमा एकपटक सोच्नुपर्ने हो कि भन्ने प्रश्न खडा ग¥यो । शनिबार सरकारी गाडीलाई सडकमा खटिएका ट्राफिकले सोधपुछ गरेको भन्दै उनले मुलुककै सबैभन्दा संवेदनशील र ठूलो मानिएको प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाउँछु भने । भलै उनले सामाजिक सञ्जालमा सरकारलाई ‘चोर’ भन्दै गर्दा उनी पनि काठमाडौं महानगरपालिकाको सरकार भएको कुरा बिर्सिए ।

हो, बालेन पछिल्लो समय पारिवारिक पीडामा रहेछन्, त्यो सामाजिक सञ्जालमार्फत् थाहा पाइयो । बालेन कुनै पनि सन्तानको पहिलोपटक अभिभावक बन्ने सौभाग्य अहिले पाएका होइनन् किनभने उनी गत वर्षको स्थानीय तह निर्वाचनको मतगणनापछि आम काठमाडौं महानगरबासीको अभिभावक बनेका हुन् । सामाजिक व्यक्ति भएपछि कतिपय पीडाहरुलाई लुकाउनसक्नुपर्ने हुन्छ न कि आवेगमा परिणत गर्ने हो ।

कुनै पनि व्यक्तिले मुलुककै सबैभन्दा संवेदनशील मानिएको स्थानमा आगो लगाउँछु भनेर सार्वजनिक अभिव्यक्ति दिइरहँदा गृहप्रशासनले के हेरेर बसेको छ ? सर्वसाधारणको त्यस्तो अभिव्यक्ति आएको भए गृहप्रशासनले अहिलेसम्म ती व्यक्तिउपर केही कारबाही प्रक्रिया अगाडि बढाउँथ्यो वा बढाउँथेन ?

बालेनको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमार्फत् आएपछि उनको जयजयकार गर्ने र नेताको बारेमा सही कुरा भने पनि सिंहदरबार मै आगो लगाउँछु भन्ने अभिव्यक्ति नदिएको भए हुन्थ्यो भन्ने समर्थकहरु नभएका होइनन् । कतिपयले उनलाई गाँजा खाएपछि आएको अभिव्यक्ति भनेका छन् भने कतिपयले अनेक तर्कना गरेका छन् । तर जे भए पनि मेयर बालेनजत्तिको ओहादामा बसेको व्यक्तिबाट त्यसकिसिमको अभिव्यक्ति आउनु पक्कै पनि शोभनिय हुँदैन ।

सरकारले सार्वजनिक बिदाको दिन सरकारी सवारीको दुरुपयोग रोक्नका लागि ट्राफिक प्रहरीलाई निर्देशन दिएको अवस्थामा सडकमा उभिने प्रहरीले आफ्नो कर्तव्य पूरा गरेका मात्र हुन् । के ती ट्राफिकले बालेनपत्नी सवार गाडीबाहेक अन्यलाई सोधपुछ र केरकार नगरेका हुन् ? अन्य सरकारी गाडीहरुलाई बिना सोधपुछ त्यही बाटोबाट गुडिरहेका थिए ?

दुई छाक खान र परिवार पाल्नका लागि धुलो र धुँवाबीच सडकमा उभ्भिनुपर्ने बाध्यतामा रहेका कर्तव्य पालना गर्दै सडकमा उभिएका ट्राफिक प्रहरीले निर्वाह गरेको कर्तव्यलाई आफूप्रतिको अपमान ठान्ने मेयर बालेनले उनीहरुको स्थानमा बसेर हेर्न किन सकेनन् ? तिनै बालेन होइन आफूले चुनावअघि गरेका बाचा पूरा गर्नका लागि काठमाडौंका अण्डरग्राउन्ड र सडक भत्काउने कार्यका लागि ट्राफिक प्रहरीकै साथ लागेर हिँडेका ? आफ्नो अभियानका सहयात्री ट्राफिक कर्मचारीको कर्तव्यलाई अपराध ठान्ने सोच बालेनको घमण्डको उपज होइन ? यी र यस्ता प्रश्न आइरहन्छन्, जबसम्म बालेनले यस्तै अपेक्षाहीन स्टाटस लेखिरहन्छन् ।

हो, बालेन पछिल्लो समय पारिवारिक पीडामा रहेछन्, त्यो सामाजिक सञ्जालमार्फत् थाहा पाइयो । बालेन कुनै पनि सन्तानको पहिलोपटक अभिभावक बन्ने सौभाग्य अहिले पाएका होइनन् किनभने उनी गत वर्षको स्थानीय तह निर्वाचनको मतगणनापछि आम काठमाडौं महानगरबासीको अभिभावक बनेका हुन् । सामाजिक व्यक्ति भएपछि कतिपय पीडाहरुलाई लुकाउनसक्नुपर्ने हुन्छ न कि आवेगमा परिणत गर्ने हो ।

हो, उनी र जीवनसंगीनी सविना काफ्लेको कोखबाट संसार हेर्न जन्मिएका सन्तानको पहिलो अभिभावक हुन् । बालेनसँगै पत्नी सविना पनि ठूलो पीडामा छिन् । उनले ९ महिना कोखमा राखेर काखमा राख्ने चाहनामा जन्माएकी सन्तानले अस्पतालमा संघर्ष गरिरहेकी छिन्, त्यो पनि आमाबाटा टाढा रहेर । त्यस पीडा पत्नी सविनासँगै पिता बालेनले पनि भोगेका होलान् । त्यसैको प्रतिक्रियास्वरुप बालेनको उक्त अभिव्यक्ति आएको होला ।

अस्पतालको एम्बुलेन्सलाई रंग गरेर आफ्नो भनेर प्रचार गरेर फण्डा मच्चाउनेहरुको देशमा मेयर बालेनले पनि अलि अलि राजनीति सिकेको भए पक्कै पनि गाली गर्नेहरुले तारिफ गर्न थाल्थे होला ।

बालेनलाई मेयर बनाउनका लागि प्रमुख सल्लाहकार र योजनाकारको भूमिका खेलेकी पत्नी सविनाले कोटेश्वर ट्राफिकसँग भएको कार्यलाई सामान्य रुपमा लिएको भए पनि हुने, उनी आखिर बालेनकी पत्नीमात्र नभई महानगरवासीकी ‘फर्स्ट लेडी’ पनि हुन् । अनि चालकले पनि यस्तो हो भनेर सबै कुरा ट्राफिक प्रहरीसँग भनेको भए यस्तो अवस्था आउने थिएन कि ? कतिपय कुराहरुमा सार्वजनिक पदमा बसेका आसिन व्यक्तिका परिवार र नजिककाले पनि यी र यस्ता घटनाहरुलाई सामान्य बनाइदिँदा सहज हुने देखिन्छ ।

यता, बालेनले सिंहदरबारविरुद्ध पहिलोपटक रोष पोखेका भने होइनन् । यसअघि पनि फोहोर नउठाएर सिंहदरबारसँग दूरी बढाएका बालेनको पछिल्लो अभिव्यक्तिले दूरी बढाउनेमात्र नभई सम्बन्धको अन्त्य नै गर्ने अवस्था ल्याउनसक्ने देखियो । तर, आगामी दिनमा बालेनले यस्तो किसिमको अभिव्यक्ति सार्वजनिक गर्नबाट टाढा रहनुपर्छ । मनमा लागेका सबै कुरा बाहिर ल्याउनै पर्छ भन्ने छैन, कतिपय कुराहरुलाई आफैंले मनमा राखेर अर्को किसिमले लिन सक्यो भने राम्रो हुनेथियो, जुन बालेनले गर्न सकेनन् ।

शनिबारको घटनामा बालेन पत्नीको स्वास्थ्य सामान्य थियो भने उनले ट्राफिक प्रहरीको कारबाही भोगेर ‘चिट’ काटेर त्यो चिटसहित ट्राफिकको कार्यको प्रशंसा गर्दै २ वाक्य लेखेको भए बालेनको ‘हाइट’ कस्तो हुन्थ्यो होला ? आज उनलाई जयजयकार गर्नेहरु त यसै जयजयकार गर्थे, जसले आज उनको विरोध गरेका छन् उनीहरुले पनि जयजयकार गर्न सुरु गर्थे । त्यसका लागि चुके बालेन, चुकिन् बालेनपत्नी सविना । अस्पतालको एम्बुलेन्सलाई रंग गरेर आफ्नो भनेर प्रचार गरेर फण्डा मच्चाउनेहरुको देशमा मेयर बालेनले पनि अलि अलि राजनीति सिकेको भए पक्कै पनि गाली गर्नेहरुले तारिफ गर्न थाल्थे होला ।

प्रतिक्रिया