रामकृष्णको अधरमा विष्णु र रोश्ना


काठमाडौं –गायक रामकृष्ण ढकालको नयाँ गीत ‘अधर’ सार्वजनिक भएको छ । बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदी (दुबसु) को नयाँ गीतमा शिखर सन्तोषको संगीत छ ।

बेलायतमा बसेर पत्रकारितासँगै निर्देशनमा सक्रिय निर्देशक कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा प्रायः बलिउड, हलिउड चलचित्रमा देखिने लण्डनका दृश्यहरु ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानहरु समेटिएको छ ।

डा दुबसु क्षेत्री नेश्नल डेभेलपमेन्ट फाउण्डेसनको प्रस्तुतिमा लण्डनस्थित केके मुभिजसंगको सहकार्यमा म्यूजिक भिडियो तयार भएको हो । निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको भिडियोमा विष्णु खरेल र रोश्ना कार्कीको अभिनय रहेको छ ।

प्रतिक्रिया