सलोनको मायामा स्मिता


काठमाडौं– संगीतकार राजनराज शिवाकोटीको शब्द र संगीतमा गीति भिडियो ’मायाले मलाई बोलायो’ सार्वजनिक भएको छ । गीतमा गायिका स्मिता दाहालको स्वर छ ।

सार्वजनिक गीतमा संगीत एरेञ्ज दिक्षित पौडेलले गरेका छन् । प्रेमिल भावको गीतको भिडियोमा गायिका स्मितासँगै अभिनेता सलोन बस्नेत फिचर्ड छन् । युवा अवस्थासम्म जीवित रहेको बाल्यकालदेखिको प्रेम र त्यसको प्राप्तिमा प्रेमी प्रेमिकाले भेटेको खुशीलाई गीतले बोलेको छ ।

सलोन र स्मितासँगै सुमी गुरुङ, प्रकाश घिमिरेको साथमा वाल कलाकार सलिन राना र अल्फा शाह ठकुरी भिडियोमा फिचर्ड छन् । भिडियोमा सलोन र स्मिताको बाल प्रेम विवाहमा परिणत भएको देखाइएको छ ।

शिशिर खातीको निर्देशनमा तयार भएको भिडियोलाई छायांकन शंकल भुजेलले गरेका छन् भने सम्पादन वनिश शाहले गरेका छन् । कोरियोग्राफी आर्जु बैजुको छ । गीतको शब्द संगीत जस्तै भिडियोमा समावेश दृश्यहरु पनि मनमोहक छन् । प्रफेक्ट प्लान इन्टरटेन्मेन्टको तर्फबाट भिडियो निर्माण भएको हो ।

प्रतिक्रिया