भारतीय किफबाट नेपाली महानगरको प्रिमियर


काठमाडौं– मोहन राईद्वारा लिखित तथा निर्देशित फिल्म ‘महानगर’को वल्र्ड प्रिमियर कोलकता अन्तर्राष्ट्रिय फिल्म महोत्सव (किफ)मार्फत हुने भएको छ । किफले नेट्प्याकअन्तर्गत ‘एशियन सेलेक्ट्‘ क्याटेगोरीमा महानगरलाई चयन गरेको छ । नेट्प्याकअन्तर्गत एशियन सेलेक्ट् कोलकता अन्तर्राष्ट्रिय फिल्म महोत्सव (किफ) तीनमध्येको एउटा प्रतिस्पर्धात्मक क्याटेगोरी हो ।

यस वर्ष किफले महानगरलगायत एशियाका सात फिल्मलाई यो क्याटेगोरीमा चयन गरेको छ । ‘म सत्यजीय रायको ठूलो प्रशंसक हुँ । वहाँले कोलकता सहरमा नै आधारित कथालाई लिएर यही नाम गरेको फिल्म आजभन्दा ५७ वर्ष अघि निर्देशन गर्नु भएको थियो । यही सहरमा हुन लागेको अन्तर्राष्ट्रिय फिल्म महोत्वसमा महानगर फिल्म वल्र्ड प्रिमियर हुन लाग्नुलाई एउटा रमाइलो संयोग मानेको छु,’ निर्देशक मोहन राईले भने । महानगर माउन्टेन रिभर फिल्म्स्को सहकार्यमा मिडलवे फिल्म्स् प्रालिले निमार्ण गरेको हो भने यसको कार्यकारी निर्माता गोविन्द पराजुली तथा क्रिएटिभ निर्माता नव निधि दाहाल रहेका छन् ।

महोत्सवकोे २६औं संस्करण आगामी नोभेम्बर ५ देखि १२ नोभेम्बरमा भारतको कोलकातामा आयोजना हुँन लागेको छ । कोलकता अन्तर्राष्ट्रिय फिल्म महोत्सव (किफ) विश्व कै एउटा महत्वपूर्ण फिल्म महोत्वस मानिन्छ र यो महोत्सव फिल्म निर्माताको अन्तर्राष्ट्रिय संघ फियापले वर्गिकरण गरेको २३ वटामध्ये एउटा ‘प्रतिस्पर्धात्मक विशिष्टिकृत फिचर फिल्म’ (कम्पिेटेटिभ स्पेसलाइज्ड् फिचर फिल्म फेस्टिभल) महोत्सव हो । 

प्रतिक्रिया