त्रिकोणात्मक प्रेमकथाको तमाशा मुहुर्त


काठमाडौं– इन्टरटेनमेन्ट हाउसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘तमाशा’को राजधानीमा मुहुर्त गरिएको छ । शिव आरजीको निर्देशनमा बन्न लागेको फिल्ममा लभ, एक्सन र रोमान्सको प्याकेज हुनेछ ।

फिल्ममा दीपेन्द्र कोइराला, अस्मिता श्रेष्ठ, श्री चापागाईं ‘सरापे’, राम भट्टराई, मोहन राई, भोले भण्डारी, गोक्ते काजीलगायतको अभिनय रहनेछ ।

फिल्ममा राजु किराँतीको एक्सन, रवि कोइरालाको छायांकन र शिव आरजीकै कोरियोग्राफी हुनेछ । निर्देशक शिवले दशैं र तिहार पछि छायांकनमा जाने तयारीमा रहेको फिल्ममा त्रिकोणात्मक प्रेमकथासँगै कमेडी र एक्सन रहनेछ ।

प्रतिक्रिया