अभिनेता सनी देओलको सम्पत्ति कति ?


मुम्बई(एजेन्सी)– बलिउड अभिनेता सनी देओल आज आफ्नो ६४ औं जन्मदिन मनाउदैछन् । ‘गदर’, ‘घायल’ र ‘बोर्डर’ जस्ता फिल्ममा आफ्नो दमदार अभिनय गरेका सनीले राजनीतिमा पनि पाइला चालिसकेका छन् । सन् २०१९ मा पञ्जाबको गुरदासपुरबाट सांसद बनेका यी अभिनेता राजनीतिमा निकै लोकप्रिय छन् । यी अभिनेताको परिवारमा पनि कैयौं राजनीतिकर्मी छन् र परिवार प्राय सम्पत्तिका कारण चर्चामा आइरहन्छ । सनी आफैंमा करोडौं सम्पत्तिका मालिक हुन् ।

सन् २०१९ मा चुनावी घोषणामा दिइएको जानकारी अनुसार सनी र उनकी पत्नीको ८७ दशमलब १८ करोड सम्पत्ति छ । उनले सन्न २०१७–१८ मा ६३ दशमलब ८२ लाख रुपैंयाँ, सन् २०१६–१७ मा ९६ दशमलब २९ लाख रुपैंयाँ र सन् २०१५–१६ मा २ दशमलब २५ करोड कमाई गरेका थिए । उनीसँग ६० दशमलब ४६ करोड रुपैंयाँ चल र २१ करोड रुपैंयाँ अचल सम्पत्ति छ ।

सनीसँग १ दशममलब ६९ करोडको कार पनि छ । उनीसँग १ दशमलब ५६ करोडको ज्वेलरी पनि छ । उनीसँग २१ करोडको जमिन छ, जहाँ कृषि र गैर कृषि काम गरिएको छ । उनको मुम्बईमा एक फ्ल्याट पनि छ । उनले सन् १९७७–७८ मा बर्घिंघमबाट अभिनय र थिएटरमा डिप्लोमा गरेका हुन् ।

प्रतिक्रिया