

कांग्रेसका यी १२ नेता, जाे लगातार तेश्रोपटक समानुपातिक सांसद हुन पाउँदैनन्

काठमाडौं – नेपाली कांग्रेसको बिधान पालना गर्ने हो भने पार्टीका १२ जना भाग्यमानी नेताले यस पटक भने समानुपातिक प्रणालीबाट संघीय ससदको सदस्य हुन नपाउने भएका छन् ।
संघीय संसद अन्तरगतको प्रतिनिधि सभामा नेपाली कांग्रेसका २० महिला र २० पुरुष गरी ४० नेता सदस्य छन् । तिमध्ये पनि १२ जना प्रतिनिधि सभाका सदस्य त यस्ता छन्, जो २०७० को संविधानसभा सदस्य र २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बने ।
यसरी दोहोर्याएर सांसद बनेका १२ नेतामध्ये एका दुईलाई छाडेर वाँकी सबै पुनः तेश्रो पटक समानुपातिकबाट सांसद बनिहाल्न पाइन्छ कि भन्ने दाउमा रहेका छन् । पार्टी विधानले त ०७४ को प्रतिनिधि सभामा समानुपातिक प्रणालीबाट सांसद भएका ४० जनालाई नै दोहोर्याएर अवसर दिन नमिल्ने व्यवस्था गरेको छ ।
यसरी दोहोर्यार समानुपातिक प्रणालीबाट सांसद हुन पाउने भाग्यमानी नेताहरुमा पार्टीकी पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, पूर्वउपसभामुख चित्रलेखा यादव, पार्टी महाधिवेशनमा कोषाध्यक्षमै प्रतिष्पर्धा गरेका पद्मनारायण चौधरी, पार्टीको संसदीय दलको प्रमुख सचेतक मीनबहादुर विश्वकर्मा र पूर्वमन्त्री मानबहादुर विश्वकर्मासम्म हुन् ।
यी नेताहरुलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ प्रतिष्पर्धा गर्ने उतिसारो जाँगर र चाहना समेत देखिँदैन । पार्टीको कोषाध्यक्ष समेत भएकी यादवको निर्वाचन क्षेत्र २ मा तामलेल हुँदा सत्ता गठबन्धनको दल माओबादी केन्द्रले दाबी गरेको छ भने कोइरालाको मोरङ २ मा पूर्वमन्त्री डा. मिनेन्द्रप्रसाद रिजालको दाबी छ ।
चौधरी सिरहाको १ बाट उठ्न खोजेका छन् भने सचेतक मिन विश्वकर्मा सुनसरी एकबाट उठ्ने तयारीमा छन् । तर त्यहाँबाट सत्ता गठबन्धनको दल जसपाका बरिष्ठ नेता असोक राईले तालमेलमा आफूले पाउनु पर्ने दाबी गरिरहेका छन् ।
अर्का नेता मानबहादुर विश्वकर्माको गृह जिल्ला अर्घाखाँचीमा १ मा निर्वाचन क्षेत्र रहेकोले त्यहाँबाट प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भूषाल गौतमले चाहना राखेका कारण मानबहादुरको सम्भावना कम छ ।
समानुपातिकमा दोहोर्याइसकेकी झापाकी सांसद महेन्द्र कुमारी लिम्बुले झापा ५ बाट एमाले अध्यक्ष ओली प्रतिष्पर्धामा उत्रने भए पछि त्यति धेरै चाहना राखेकी छैनन् भने माओबादीले तालमेल हुँदा यही क्षेत्रमा संघीय सांसदको उम्मेदवारी पाउनु पर्ने दाबी गरेको छ ।
पार्टी केन्द्रीय सदस्य समेत भएकी नेतृ सुजाता परियार कांग्रेसको समानुपातिकमा तेश्रो पटक पर्ने सम्भावना नभए पनि प्रत्यक्षमा उम्मेदवार हुने सम्भावना देखिँदैन । ईलामबाट राजनीति गरेक परियार कहाँबाट उठ्ने समेत टुंगो छैन ।
नुवाकोटबाट दुई पटकसम्म समानुपातिक सांसदको अवसर पाएका कांग्रेसका भाग्यमानी नेता बहादुर सिंह लामा राजनीति सुरक्षित गर्न नुवाकोट २ बाट प्रत्यक्षमा उम्मेदवार बन्न चाहेका छन् । तर सो क्षेत्रमा कांग्रेसका हेभीवेट नेता अर्जुन नरसिंह केसी रहेकाले उनले टिकट पाउने सम्भावना बलियो छैन ।
बाँकेकी सरवत आरा खानम, धनुषाकी मिनाक्षी झा र गुल्मीकी सुवर्ण ज्वारचनले समेत दोहोर्याएर समानुपातिकबाट संसद छिर्ने अवसर पाइसकेका छन् । उनीहरु अब प्रत्यक्षमा उम्मेदवार बन्ने आधार नदेखेपछि पुनः समानुपातिकमा बस्न पाइन्छ वा राष्ट्रिय सभा सदस्य ताक्ने भन्ने दाउमा छन् ।
कुन प्रदेशका कति सांसद समानुपातिक प्रणाालीबाट आएका हुन ?
प्रतिनिधि सभामा रहेका ४० समानुपातिक सांसदमध्ये लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै ११ सांसद छन् भने सबैभन्दा थोरै कर्णाली प्रदेशबाट हुम्लाी रंगमती शाही मात्र सांसद छिन् । कांग्रेसबाट प्रतिनिधिसभा सदस्य भएका मध्ये एक नम्वर १ बाट ९ जना, मधेशबाट ८ जना, बागमतिबाट ५, गण्डकीबाट ४ र सुदूरपश्चिमबाट ३ सांसद छन् ।
संसदमा सबैभन्दा धेरै सिरहाबाट चित्रलेखा यादव, सीतादेवी यादव र पद्मनारायण चौधरी गरी ३ जना समानुपातिक सांसद छन भने मोरङ, उदयपुर,सुनसरी, धनुषा, अर्घाखाँची, दाङ र सर्लाहीबाट ३–३ जना सांसद छन् । दोहोर्याएर समानुपातिकमा सांसद हुने मध्ये तीन जना दलित क्लस्टरका नेता छन् भने मधेशी क्लष्टरबाट २ जना सांसद छन् ।
सांसदकाे उम्मेदवार हुने सम्भावना नदेखेपछि पार्टी छाड्ने याेजना
दोहोर्यार सांसद भएकी कांग्रेस नेतृ तथा पूर्वमन्त्री पार्वती डिसी चौधरीको गृह जिल्ला दाङको तीन निर्वाचन क्षेत्रमध्ये तालमेल हुँदा माआबादी केन्द्रका नेता कृष्णबहादुर महरा र नेकपा एसका नेता तथा मन्त्री मेटमणी चौधरीले पाउने पक्का भएपछि उनी पार्टीमै नरहने योजनामा रहेको स्रोतले बतायो ।
दाङमा कांग्रेसका केन्द्रीय सदस्यहरु दीपक गिरी, योगेन्द्र चौधरी जस्ता प्रभावशाली नेताका कारण आफूले प्रत्यक्षमा उम्मेदवार बन्न नपाउने भए पछि उनले एमाले जाने तयारी गरेकी छन् । उनले नागरिकता विधेयक संसदमा राष्ट्रपतिले फिर्ता गरेपछि भएको छलफलमा विधेयकप्रति आपत्ति जनाएकी थिइन् ।

