त्रिविविको लगातार लापरवाही – एमए राजनीतिशास्त्रको प्रश्नपत्र हुबहु


 

काठमाडौँ – त्रिभुनव विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय डीन कार्यालयले स्नातकोत्तर तह (एमए) को प्रश्नपत्र निर्माणमा एकपछि अर्को चरम लापरवाही गर्दै आएको देखिएको छ।

जेठ २३ गते सञ्चालित एमए पहिलो सेमेस्टेर राजनीतिशास्त्र विषयतर्फ अन्तराष्ट्रिय राजनीति (इन्टरनेशनल पोलिटिक्स–५५३) विषयको अन्तिम परीक्षामा अघिल्लो वर्षको प्रश्नपत्र फेरि आएपछि विद्यार्थीहरु अलमलमा समेत परेका छन् ।

एकाध प्रश्न दोहोरिन गएपनि पूरै प्रश्नको सेट नै एउटै हुनुले नियतवश र नियोजित रुपमा श्रृङ्लावद्ध प्रश्नपत्रहरु दोहोरो आउने गरेको पुष्टि भएको छ । यसअघि एमए तेस्रो सेमेष्टरमा पब्लिक अर्थशास्त्रको प्रश्नपत्र अघिल्लो वर्षसँग हुबहु मेल खाएको घटनाबारे अनुसन्धान नसकिँदै राजनीतिशास्त्र विषयको पनि प्रश्न पत्र वाहिरिएको हो ।

अहिले सन् २०२१ को परीक्षा सञ्चालन भैरहेको र सन् २०२० को परीक्षामा आएका प्रश्नहरु सबै मेल खाएको घटना सामान्य नभएको विद्यार्थीहरु बताउँछन् । त्रिभुवन विश्वविद्यालयका जिम्मेवार पदाधिकारीको यस्तो क्रियाकलापले प्रश्नपत्रको गोपनीयतामाथि नै गम्भी प्रश्न उठेको छ ।

विषय समितिको अध्यक्ष समेत हरेका राजनीतिशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख रामकृष्ण तिवारी प्रश्नपत्र दोहोरिएकोप्रति जिम्मेवार रहेको डीन कार्यालयका कर्मचारीहरुले बताएका छन् ।

मानविकी संकाय डीन प्रा.डा. कुसुम शाक्य, परीक्षा बोर्ड हेर्ने सहायक डीन प्रा.डा. तारा भुषाल, प्रशासन तथा परीक्षा गोप्य शाखामा संलग्न कर्मचारीहरुलाई तत्काल निलम्वन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन र अनुसन्धान अघि बढाउनुपर्ने विद्यार्थीहरुले माग गरेका छन् ।

मानविकी डीन कार्यालयमा अत्यन्तै न्यून संख्यामा कर्मचारीहरु रहेकोले समयमै परीक्षा र नतिजा सम्बन्धी कार्यहरु हुन सकिरहेको छैन । सिमित कर्मचारीको भरमा परीक्षा सम्बन्धी कार्यहरु गर्नुको भित्री रहस्य अनियमित गर्ने उदेश्य रहेको देखिएको छ ।

अन्तर्राष्ट्रिय राजनीति–५५३ को पहिलो खण्डको लामो उत्तरको १० नम्बरको तीनवटै प्रश्नपत्र हुबहु मिलेको छ । दोस्रो खण्डको ५-५ नम्बरको १० वटा प्रश्नहरु क्रमसंख्या तलमाथि गरेर सबै मिलेको देखिन्छ । २०२१ को परीक्षाको प्रश्नमा २०२० मा सोधिएको ११ नं.को प्रश्न ४ मा, १२ नं.को ६ मा, १२ नं.को ७ मा, ७ नं.को ८ मा, ८ नं.को ९ मा, ९ नं.को १० मा, १० नं.को ११ मा र ४ नं.को १२ नं.मा सोधिएको छ । ५ र १३ क्रमसंख्या भने उही रहेको छ ।

सन् २०२० र २०२१ को प्रश्नपत्र यस्ता छन् –

प्रतिक्रिया