सशस्त्रका एआईजी गौतमले लगाए दर्ज्यानी चिन्ह


काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बुधबार आयोजित विशेष समारोहकाबीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी चिन्ह  प्रदान गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले डीआईजीबाट एआईजीमा पदोन्नती भएका थिए ।

समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले हालै पदोन्नती भएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई बधाई दिंदै उनको कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यवसायिकताको मुल्यांकन गर्दै नेपाल सरकारले पदोन्नती प्रदान गरेको बताउँदै उनलाई आगामी कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरे ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुका साथै सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया