


एसइई अब प्रदेशबाटै

काठमाडौं- सरकारले शिक्षा क्षेत्रमा दिदै आएको सशर्त अनुदानको रकमलाई क्रमश समानीकरण अनुदानमा रुपान्तरण गर्दै लैजाने घोषणा गरेको छ ।
शिक्षामा समानीकरण अनुदान बढाउन चौतर्फी दवाव वढेका बेला बजेटमार्फत यस्तो घोषणा गरिएको हो ।
त्यसैगरी सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई प्रदेश तहबाट संचालन र व्यवस्थापन गर्ने भएको छ । हाल यो परीक्षा संघीय तशबाट हुँदै आएको छ ।
कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइने विद्यार्थीको दिवा खाजाको रकम पनि वृद्धि गरेको छ । अब खाजामा २८ लाख विद्यार्थीका लागि विद्यालयहरुमा १० अर्ब १९ करोड रुपैयाँ पठाइने छ ।
अंग्रेजी, विज्ञान र गणित विषयको शिक्षक अभाव हुन नदिन विश्वविद्यालयका सहकार्यमा शिक्षक बैंकको स्थापना गरिने बजेटमार्फत घोषणा गरिएको छ । स्नातक तह उत्तीर्ण विद्यार्थीलाई स्वयंसेवक शिक्षकको भूमिकामा परिचालन गरिने छ ।

