मेयरका छोराविरुद्ध ठगि मुद्दा दर्तापछि पक्राउ पुर्जी जारी


काठमाडौं – डेढ करोड ठगी गरेको आरोपमा दाङ तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका छोरा अनुप पाण्डेविरुद्ध ठगि मुद्दा दर्तापछि पक्राउ पुर्जी जारी भएको छ ।

निर्माण व्यवसायीसमेत रहेका पाण्डेविरुद्ध घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले जाहेरी दिएपछि मुद्दा दर्ता भएको थियो ।

जाहेरी दिएको एक महिनापछि पीडित व्यवसायी बस्नेतले पैसा नपाएको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय, दाङमा पुगेर मुद्दा दर्ता प्रकृया अघि बढाएका थिए । मुद्दा दर्ता भएसँगै पाण्डेलाई पक्राउ गर्न उच्च अदालत तुल्सिपुरले पक्राउ पुर्जीको लागि अनुमति दिएको हो ।

बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

घोराही–तुलसीपुर सडक निर्माणको क्रममा आफ्नो टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको रकम एक करोड ४४ लाख रुपैयाँ नदिएको भन्दै पाण्डेविरुद्ध ठगी मुद्दामा अनुसन्धान गर्न उजुरी दिएका थिए ।

 

 

प्रतिक्रिया