शंकर पोखरेलको दबाबमा मेयर पाण्डेको छोरा १४ दिन हिरासत बसाईपछि छुटे


दाङ – डेढ करोड बढि ठगिको आरोपमा पक्राउ परेका दाङका ठेकेदार अनुप पाण्डेलाई प्रहरीले छोडेको छ । एमाले महासचीब शंकर पोखरेलको दबाबमा मेयर पाण्डेका पुत्र अनुप छुटेका हुन ।

काठमाडौंमा मेयर पाण्डे, पिडित बस्नेतलाई बोलाएर फोरलेनका कारण पार्टीको बदनाम भएकाले महासचिब पोखरेलएए मिल्न दबाब दिएको र कागज गरेर गएमा छोड्दिन एसपि काफ्लेलेलाई निर्देशन दिएपछि अनुप छुटेको प्रहरी स्रोतले जनाएको छ ।

बैंक कसुरमा जाहेरी दिने घोराहीका एमाले नेता गेहेन्द्र बस्नेत, उपेन्द्र उप्रेती, एमालेकै नेता बिरबल खड्का र मजदुरले पैसा पाएको भन्दै आबश्यक कागजातसहित प्रहरीमा निबेदन दिएपछि जिल्ला प्रहरी कार्यालय दाङले हिरासतमा रहेका अनुपलाई शुक्रबार बेलुकी हाजिरी जमानतमा छाडेको हो । जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले जिल्ला सरकारी वकिल कार्यालयको कानुनि परामर्शमा उनलाई छाडिएको र प्रहरीले अनुपलाई थुनामुक्त गरेर मुद्धाको अनुसन्धान गर्ने बताए । एसपि काफ्लेले मुद्धा फिर्ता नहुने दाबी समेत गरे ।

पिडित पक्षले पैसा पाएको निबेदन दिएको खण्डमा सरकारी वकिल कार्यालयले गैर न्यायिक तरिकाले प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न नहुने कानुनि परामर्श दिएपछि अनुपलाई हिरासत बाहिर राखी मुद्धाको थप अनुसन्धान प्रकृया अघि बढ्ने उनले बताए । अनुपलाई उनका हजुरबुवा एमाले नेता टोपेन्द्र केसिको हाजिरी जमानतमा प्रहरीले छाडेको हो । ब्यबसायी बस्नेतले १ करोड ४४ लाख, उप्रेतिले ३० लाख, सोनापुर सिमेन्टको २ करोड ५१ लाख, बिरबलले ११ लाख र मजदुरले ९५ लाख रुपैया प्राप्त गरेको आबश्यक कागजातसहित प्रहरी कार्यालयमा निबेदन दिएपछि प्रहरी कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयसंगको कानुनि परामर्शमा अनुपलाई थुनामुक्त गरेर मुद्धाको अनुसन्धान प्रकृया अघि बढाउन निर्देशन पाएपछि उनलाई जिम्मा जमानीमा छाडिएको हो

तर, बिरबलले पैसा पाएको भनेर प्रहरीले भनेपनि आफुले पैसा नपाएको गुनासो गरे । ठगि र बैंक कसुर मुद्धा फरक हुने र अनुपको सन्दर्भमा पिडितले पैसा पाएपछि बैंक कसुरमा छोडिएको एसपि काफ्लेले बताए ।

आफ्नो छोरा ठेकेदार अनुपको बचाउमा तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डे सामाजिक सञ्जालमा प्रहरी प्रशासनको बिरोधमा उत्रिएका थिए ।ठेकेदार पाण्डेलाई सिआईबिले काठमाडौंबाट पक्राउ गरेपछि जिल्ला प्रहरी कार्यालय दाङको टोलिले जिल्ला ल्याई हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
ठेकेदार पाण्डेविरुद्ध डेढ करोड ठगी गरेको आरोपमा दाङ प्रहरीमा उजुरि परेको थियो । पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको २४ घण्टा नबित्दै सिआईबिबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो। पाण्डे एमालेका केन्द्रिय सदस्य समेत हुन् । उनीविरूद्ध नेकपा एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज गेहेन्द्र बस्नेतले नै उजुरी दर्ता गराएका हुन् ।

घोराही–तुलसीपुर सडक निर्माणको क्रममा पाण्डेले घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी बस्नेतको टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको १ करोड ४४ लाख रुपैयाँ नदिएको आरोप छ ।

निर्माण व्यवसायी पाण्डेविरूद्ध बस्नेतले एक महिना अगाडि नै उजुरी दिन प्रहरीमा गएका थिए । नेकपा एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज समेत रहेका बस्नेत केहीदिन अघिमात्र पार्टीको जिल्ला नेतृत्व, इन्चार्ज, पदाधिकारीसहित मुद्दा दर्ताका लागि प्रहरीमा पुगेका थिए ।
निर्माण व्यवसायी पाण्डेले ठगी गरेको भन्दै जिल्ला प्रशासनका कार्यालयमा पनि १६ जनाले पाण्डेविरुद्ध उजुरी दिएका थिए। ४ करोड ४५ लाख रुपैयाँ ठगी गरेको भन्दै पाण्डेविरुद्ध उजुरी परेको थियो ।

सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीलाई पेटी ठेक्का दिएको थियो । तर समयमै काम गर्न नसकेपछि भारतीय निर्माण कम्पनी तथ्यले पाण्डेसँग सम्झौता तोडेको थियो ।

मेयरका छोराविरुद्ध डेढ करोड ठगी मुद्दा दर्ता!

मेयरका छोराविरुद्ध ठगि मुद्दा दर्तापछि पक्राउ पुर्जी जारी

ठेकेदार अनुप पाण्डे काठमाडौंबाट पक्राउ !

प्रतिक्रिया