ठेकेदार अनुप पाण्डे काठमाडौंबाट पक्राउ !

सिआईबी प्रमुख डिआईजी धिरजप्रताप सिंहका अनुसार पाण्डे काँडाघारीबाट पक्राउ परेका हुन्


काठमाडौं – डेढ करोड ठगीको आराेपमा काठमाडौंबाट दाङका ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् ।

केन्द्री अनुसन्धान ब्यूरो (सिआईबी) को एक विशेष टोलीले पाण्डेलाई काडाघारीबाट पक्राउ गरेको सिआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) धिरजप्रताप सिंहले बताए ।

सिंहका अनुसार घोराही–तुलसीपुर फोरलेन सडकका ठेकेदार अनुप पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको छ ।

त्यसअघि पाण्डेविरुद्ध घोराही उपमहानगरपालिकाको इन्चार्ज गेहेन्द्र बस्नेतले ठगी गरेको बताउँदै उजुरी दर्ता गराएका थिए । घोराही–तुलसीपुर सडक निर्माणको क्रममा पाण्डेले घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी बस्नेतको टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको १ करोड ४४ लाख रुपैयाँ नदिएको आरोप छ ।

निर्माण व्यवसायी पाण्डेविरुद्ध बस्नेतले एक महिना अगाडि नै उजुरी दिन प्रहरीमा गएका थिए । तर आवश्यक प्रमाण नपुगेको भन्दै प्रहरीले मुद्दा दर्ता गरेको थिएन । त्यसपछि फेरि थप कागजातहरू जुटाएर बस्नेत प्रहरीमा पुगेपछि मुद्दा दर्ता भएको हो ।

यसैबीच निर्माण व्यवसायी अनुप पाण्डेले ठगी गरेको भन्दै जिल्ला प्रशासनका कार्यालयमा पनि १६ जनाले पाण्डेविरुद्ध उजुरी दिएका थिए ।

पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा हुन् ।

प्रतिक्रिया