कपिलवस्तुबाट ५ हजार किलो केराउसहित भारतीय ट्रक प्रहरी नियन्त्रणमा


कपिलवस्तु – जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पाँच हजार किलो केराउ बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जिल्लाको यशोधरा गाउँपालिका वडा नं. ७ मर्यादपुरबाट भारतको इटवातर्फ जाँदै गरेको भारतीय नम्बरप्लेटको ट्रक नियन्त्रणमा लिएको हो।

प्रहरीले युपी ५५ टी २२९५ नम्बरको ट्रक चेकजाँच गर्दा उक्त परिमाणको केराउ बरामद भएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

ट्रक  चालक भातरीय नागरिक २७ वर्षीय धनप्रकाश अग्रहरिलाई नियन्त्रणमा लिइएको भण्डारीले बताए । तेस्रो मुलुकबाट नेपालमा आउने केराउ व्यापारीको मिलेमतोमा भारततर्फ तस्करी हुने गरेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको ट्रकको १२ लाख र केराउको ५ लाख मूल्य मूल्यांकन गरी सुठौली भन्सार कार्यालय पठाउन लागिएको प्रवक्ता भण्डारीले जनाए ।

प्रतिक्रिया