२२ घन्टाका लागि अमेरिका पुगेका प्रकाश सपुत लेख्छन्, ‘ओ अमेरिका ! धोको पुगेको छैन है ! छिट्टै भेटौला !’


प्रकाश सपुत – दुई शब्दमै सबैले चिन्ने नाम । नेपाली लोक सांगीतिक बजारमा सबैले ‘डाहा’ गर्ने नाम । बोलामाया, गलबन्दी, बदला बरिलै, मेरो पनि हैन र ? जस्ता चर्चित गीतका सर्जक ।

नेपालसँगै विश्वभरकै नेपालीहरुले सबैभन्दा सुन्न चाहने स्वर अनि शब्दका धनी । विश्व नै ओमिक्रोनको महासंकटमा परिरहेको अहिलेको परिस्थितिमा जम्मा करिब २२ घन्टाका लागि अमेरिका पुगेर नेपाल फर्किए ।

आजभन्दा ठ्याक्कै एक साताअघि २२ तारिखका दिन दाङको तुल्सीपुरमा तुल्सीपुर महोत्सवमा हजारौं दर्शकहरुलाई मनोरञ्जन दिइरहेका प्रकाश आज अमेरिका पुगेर नेपाल पनि आईसकेका छन् । सम्भवतः नेपाली कलाकारले यति टाढाको कार्यक्रममा सहभागी भएर नेपाल फर्किएको यही नै होला । जो २५ तारिख त्रिभुवन विमानस्थलबाट छोरीसँग बिदाई भएको प्रकाश २९ तारिख सोही विमानस्थलमा ओर्लिएको छ ।

सामाजिक सञ्जालमा २५ तारिखका दिन अनि अमेरिका !

Nepali American Artist Association North America ले आयोजना गरेको रमझम साझकार्यक्रम मा अतिथि को रुपमा सहभागी हुन न्युयोर्क आउदैछु !

Namaste NewYork merry cristmas see you  भन्दै अमेरिका उडेका प्रकाशले आज नेपाल फर्किएको सार्वजनिक गर्दै आफ्नो व्यस्तता अनि इमान्दारीताको परिचय दिएका छन् ।

उनले लेखेका छन्, Back to Nepal

महत्वपुर्ण समय दिएर हार्दिकताका साथ भिसा उपलब्ध गराएकोमा अमेरिकि दुताबास नेपाल लाई धन्यबाद । लोक प्रिय गायिका निशा सुनार को अध्यक्षतामा नेपाली अमेरिकन कलाकार संघ ले आयोजना गरेको रमझम साँझ कार्यक्रममा सहभागी भएर नेपाल फर्केको छु । निमन्त्रणाका लागि निशा दिदि सहित संस्थाका सबै अग्रज एंव समकालिन कलाकारहरुमा आभार ! भव्य रुपमा कार्यक्रम सम्पन्न गरेकोमा बधाई ।

मोबाईलको ग्यालरीमा केहि नया फोटो भिडियोहरु, जिवनको पानामा केहि नया रंग, अनुभव र सम्झनाहरु, मनको अकाउन्टमा केहि नया परिचय र सम्बन्धहरु, करियर यात्रामा एक नया उपलब्धि ! ओहो ! अमेरिका पुग्यो ? ए ! अमेरिका पुगेर पनि फर्कियो ? समाजको मनमा यि दुई आश्चर्य सहित नेपाल फर्किए ।

करिब तिन दिनको अबधिमा आउदा जादा दुईदिन आकाशमै बित्यो । बाकि तानतुन एक दिन न्युयोर्क ! नया देश पुग्नु, घुमघाम गर्न पाउनु, नेपालीहरुसंग भेटघाट र रंगरमाईलो गर्न पाउनु ठुलो कुरा हो । तर त्यो भन्दा पनि ठुलो कुरा हो – ईमान । आफ्नो ईमान सम्झेर पुर्व निर्धारित कार्यक्रमहरुमा सहभागी हुन म नेपाल फर्किहाले । ओ अमेरिका ! धोको पुगेको छैन है । छिट्टै भेटौला !

कलाकारितामा लागेर केही हुँदैन भन्नेहरुका लागि ठूलो उदाहरण बनेका छन् प्रकाश । इमानका साथै आफ्नो कामप्रतिको लगावले के सम्म गर्दो रहेछ भन्नेलाई प्रकाशले जवाफ दिएका छन् ।

जुन ठाउँ, जहाँ अमेरिका जानका लागि करोड नजिक खर्चिएर जान चाहनेहरुको जमात छ, बाग्लुङ त्यहीँ जन्मिएका प्रकाशले तीन दिनमै सात समुद्र पारी, सपनाको देश पुगेर आएका छन् ।

अनि उनी भन्दैछन्, ‘ओ अमेरिका ! धोको पुगेको छैन है । छिट्टै भेटौला !’

प्रतिक्रिया