प्रकाशको परिमार्जित ‘पिर’ ट्रेन्डिङको शीर्षस्थानमा


काठमाडौं – प्रकाश सपुतको ‘पिर’ गीत फेरि यूट्युब ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ । एक साताअघि सार्वजनिक भएको पिर गीत विवादमा परेपछि प्रकाशले विवादित दृश्यलाई हटाएर शनिबार पुनः यूट्युबमा अपलोड गरेका थिए ।

एक सातामै १ करोड भ्यूज पाउने पहिलो नेपाली गीतको रेकर्ड कायम गरेलगत्तै प्रकाशले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो उक्त गीत हटाएको घोषणा गर्दै सम्पादन सहित नयाँ भिडियो राखेको जनाएका थिए ।

लगातार एक सातासम्म ट्रेन्डिङ नम्बर एकमा रहेको भिडियो हटाएका प्रकाशले फेरि अपलोड गरेको नयाँ भिडियो २४ घन्टा नबित्दै ट्रेन्डिङको शीर्षस्थानमा आएको छ ।

पछिल्लो भिडियो अहिलेसम्म प्रकाशको नयाँ भिडियोमा ८ लाख २७ हजार बढीले हेरिसकेका छन् भने ५ हजार २ सय बढी कमेन्ट र ७५ हजार लाइक आइसकेको छ ।

 

प्रतिक्रिया