प्रकाश सपुतको ‘पिर’ आउँदै


काठमाडौं – चर्चित सर्जक प्रकाश सपुतले नयाँ गीत सार्वजनिक गर्ने घोषणा गरेका छन् । सपुतले सामाजिक सञ्जालमार्फत् आफूले ६ महिनापछि नयाँ गीत ‘पिर’ सार्वजनिक घोषणा गर्ने जनाएका हुन् ।

हरेक सिर्जनामा नयाँ र मौलिक जनमानसको अपनत्व महसुस गराउन सफल सपुतले अहिले फेरी देशका लागि ज्यानको बाजी थापेर युद्धमा होमिएका नेपालीको पीडा समेट्ने कोशिस गरेको बताएका छन् ।

जनयुद्धदिवसका अवसरमा सार्वजनिक योजनासहित सिर्जनाको तयारी गरेका प्रकाशले कोरोनाकै कारणा केही ढिलो हुनगएको समेत बताएका छन् ।

उनले केही समयमै नयाँ गीत ‘पिर’ सार्वजनिक गर्ने घोषणा गर्दै लेखेका छन्, ‘खासमा आज फागुन १ गते जनयुद्द दिवस कै दिन यो गित रिलिज गर्ने योजना बनाएको थिए तर तेस्रो चरणको कोरोना कहरमा काम गर्ने उत्साह र उर्जा भएन । अब भने काम अगाडि बढाएको छु । पछिल्लो गित “ कुरा बुझ्न पर्छ “ रिलिज गरेको करिब ६ महिना पछि आफ्नो अफिसियल नया गित “पिर” आउदैछ । अडियोमा केहि पृथक शैलीको लोक लय समाएको छु। भिडियोमा चाहि केहि त्यस्ता पात्रहरु समेटिएका छन जसले ज्यानको बाज़ी थापेर देशलाई नया व्यवस्था दिए र बन्दुक त बिसाए तर आफ्नै पिर बिसाउन भने पाएनन ।’

प्रकाशका बोल माया, गलबन्दी, बदला बरिलै, मेरो पनि हैन र, कुरा बुझ्नु पर्चलगायतका दर्जनौं सिर्जनाहरु अब्बल रहेका छन् । प्रकाशको नयाँ गीतको घोषणासँगै दर्शक एवं स्रोताहरुले प्रकाशसँग पुनः त्यस्तै अपेक्षा समेत राखेका छन् ।

 

प्रतिक्रिया