राष्ट्र उत्थान लघुवित्तद्वारा सर्वसाधारणका लागि ४ फागुनदेखि आईपीओ जारी गर्दै


काठमाडौं – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आगामी ४ फागुनदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गर्ने लागेको हो ।

कम्पनीले निष्कासन गर्ने साधारण शेयरमा कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र जारी पुँजी २६ करोडको ०.५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९५ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आगामी फागुन ४ गतेदेखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सर्वसाधारणले फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म माग गरिए बमोजिम आवेदन नआए आगामी फागुन १८ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया