नेपाल प्रहरीका एसएसपी यादव झुण्डिएको अवस्थामा भेटिए


काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। शुक्रबार झुण्डिएको अवस्थामा यादव मृत फेला परेका हुन्।

संघीय इकाइ कार्यालय रुपन्देही, भैरहवामा कार्यरत एसएसपी यादव बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए।

मृतक यादव प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल र सहकुल थापाका ब्याचमेट हुन्। यादव डिप्रेशनका बिरामी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया