मृत फेला परेका एसएसपी यादवका परिवारलाई भेट्न भैरहवा पुगे गृहमन्त्री खाण


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले आज दिउँसो मृत फेला परेका एसएसपी सुशील कुमार यादवका परिवारसँग भेटघाट गरेका छन् ।

संघीय इकाइ प्रहरी कार्यालय भैरहवाको निवासमै मृत अवस्थामा फेला परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) यादवका परिवारसँग शुक्रबार साझ घटनास्थलमा पुगेर गृहमन्त्री खाणले भेट गरि घटनाबारे जानकारी लिएका हुन् ।

एसएसपी यादवको शव बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा निवासमै भेटिएको थियो ।
गृहमन्त्री खाणले उनको मृत्युको कारण खोज्न प्रहरीलाई निर्देशनसमेत दिएका छन् । प्रहरी प्रवक्ता बसन्त कुवरले घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया