

एसएसपी यादवको शव भेटिएपछि कार्यालय प्रवेशमा रोक

काठमाडौं – संघीय प्रहरी इकाइ कार्यालय रुपन्देही, भैरहवाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील कुमार यादवको झुण्डिएको अवस्थामा शव भेटिएको खबरपछि कार्यालय प्रवेशमा रोक लगाइएको छ।
यादवको मृत्युको खबर सार्वजनिक भएसँगै त्यसक्षेत्रको सुरक्षा व्यवस्था कडा बनाउँदै कार्यालय प्रवेशमा रोक लगाइएको हो।
अन्य दिन सामान्य सोधपुछपछि भित्र जान दिने गरेकोमा घटना सार्वजनिक भएसँगै मुख्य द्वार बन्द गरिएको छ। कार्यालय अगाडि सर्वसाधारण र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति छ।
शुक्रबार दिउँसो एसएसपी यादव आफ्नै सरकारी निवासमा झुण्डिएको अवस्थामा भेटिएका थिए। झुण्डिएको अवस्थामा यादव भेटिएपछि कार्यालयमाथि प्रश्न उठेको छ।

