
महामन्त्री मतगणनाः ३०० मत गन्दा गगनले ल्याए गगनले ल्याए २००
काठमाडौं – नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना जारी रहेको छ । पछिल्लो अपडेटअनुसार हालसम्म ३०० मत गनिएको छ ।
गनिएको मतमध्ये महामन्त्रीका उम्मेदवार गगन थापाले २००, डा. मिनेन्द्र रिजालले ५५, डा. प्रकाशशरण महतले ९१, प्रदीप पौडेलले ११०, विश्व प्रकाश शर्माले १०४ मत प्राप्त गरेका छन् । डा. राजाराम कार्कीले भने कुनै मत प्राप्त गरेका छैनन् ।
बिहान १० बजेबाट सुरु गरिएको मतगणना चार घन्टामा सकिने निर्वाचन समितिका एक सदस्यले जनाएका छन् ।
कांग्रेसको दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार छन् । जसमा गगन थापा, विश्वप्रकाश शर्मा, डा.प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल, प्रदीप पौडेल र डा. राजाराम कार्की छन् ।



कागजपत्र |
