सर्वदलीय बैठकको निर्णयपछि आज यी ६ वटा महानगरपालिकामा मतगणना हुँदै


काठमाडाैं – मतदान सम्पन्न भएका  ६ वटा महानगरपालिकामा आज बिहानदेखि मतगणना सुरु हुने भएको छ । काठमाडाैंमा बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने तयारी छ । हिजो राति बसेको सर्वदलीय बैठकको निर्णय अनुसार आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय भएको हो ।

चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान मात्रै मतगणना सुरु हुने भएको छ । गएराति नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा सहमति नजुटेपछि आज बिहानदेखि मात्रै हुने भएको हो ।

मोरङको विराटनगर महानगरपालिकामा पनि आज मात्रै मतगणना सुरु हुने भएको छ । हिजो बसेको सर्वदलीय बैठकले आज बिहान मतगणना गर्ने निर्णय गरेको हो ।

कास्कीको पोखरा महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना थाल्ने निर्णय भएको छ । ललितपुर महानगरपालिकामा आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण हुने छ ।

पर्साको वीरगञ्ज महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना सुरु गर्ने तयारी छ । अरु धेरै पालिकामा पनि आज बिहानदेखि मात्रै मतगणना सुरु हुनेछ ।

प्रतिक्रिया