
कांग्रेस खसआर्यः ३५७१ मत गन्दा केशव शीर्षस्थानमा, अरूले कति पाए ? (अपडेट)
काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खसआर्यतर्फको केन्द्रीय सदस्यको मतगणना जारी रहेको छ ।
कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म ३५ सय ७१ मतगणना हुँदा केशव बुढाथोकी १५ सय ८२ मतसहित अग्र स्थानमा रहेका छन्।
यस्तै, दोस्रोमा गोविन्द शाह १५ सय ५९, तेस्रोमा भीम पराजुली १४ सय ७९ र मधु आचार्य १४ सय ७८ मतसहित चौथो स्थानमा रहेका छन्।
यसैगरी, समितिका अनुसार पांचौं स्थानमा रहेका श्याम घिमिरेले १४ सय २, छैटौंमा नारायण कार्कीले १३ सय ६३, सातौंमा गेहेन्द्र गिरीले १३ सय १३, आठौंमा विष्णु कार्कीले १२ सय ७९ र नवौंमा हरिबोल भण्डारीले १२ सय १४ मत ल्याएका छन् ।



कागजपत्र |
