पोखरा महानगरको मतगणना दिउँसो २ बजे सुरु हुने


पोखरा – पोखरा महानगरपालिकाको मतगणना शनिबार दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । अहिले चलिरहेको सर्वदलीय बैठकले दिउँसो २ बजेबाट गणना सुरु गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार उम्मेदवारले साढे १२ बजेसम्म आफ्ना प्रतिनिधि पठाइसक्नु पर्नेछ ।

साढे १ बजेसम्म मतपेटिका मिलाउने र २ बजेबाट गणना गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

रुपा, माछापुच्छ्रे, मादी र अन्नपूर्णको भने गणना सुरु भइसकेको छ ।

प्रतिक्रिया