‘ए’ डिभिजन लिगका दुई खेल सार्ने एन्फाको निर्णय


काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालाको मैदान उपलब्ध नहुने भएपछि आगामी सोमबार हुने सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत तेस्रो चरणको अन्तिम दुई खेल सार्ने निर्णय गरेको छ ।

एक सूचना जारी गर्दै एन्फाले नेपाल पुलिस र हिमालयन शेर्पा तथा जावलाखेल र मच्छिन्द्रबीचको खेल बुधबारको लागि सार्ने निर्णय गरेको हो ।

एन्फाले सोमबार एथ्लेटिक्सका खेलहरु हुने भएकाले दशरथ रंगशालाको मैदान उपलब्ध नहुने बताएको छ । एन्फाले चौथो चरणसम्मका सबै खेलहरु दशरथ रंगशालामा नै गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया